शेयर बिक्री गरेर प्राइम कमर्सियल बैंकबाट बाहिरिदै संस्थापक

२९ चैत्र २०८२, आईतवार १०:२०

काठमाडौँ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्नेगरी बिक्री खुला गरेको हो ।

संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयसम्म शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ ।

बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*