बालेन शाहमाथि अपमानजनक सामग्री प्रसारण आरोपमा युट्युबर पक्राउ

२९ चैत्र २०८२, आईतवार ११:१७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूमाथि गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

पाँचथर जिल्ला प्रहरी कार्यालयको टोलीले फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको साइबर ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउपछि जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले सञ्चालन गर्दै आएको ‘hades’ नामक युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री प्रसारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*