सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १ थान खानेपानी फिल्टर प्रदान गरेको जनाएको छ। उक्त कार्यक्रम चैत २९ गते सम्पन्न भएको हो।
कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बिसी, प्रधानाध्यापक तेज कुमारी चपाइ लगायत शिक्षक तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

उक्त सामग्रीहरू नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निल प्रसाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा तथा कम्पनीका अन्य कर्मचारीहरूबाट संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
कम्पनीले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











