भारतबाट तस्करी हुँदै आएको २१ लाखको सामान बैतडीमा सशस्त्रद्वारा बरामद

२९ चैत्र २०८२, आईतवार १७:३४

काठमाडौँ । सशस्त्र प्रहरी बलले बैतडीमा ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ । भारतबाट चोरीपैठारी गरी ल्याइँदै गरेको २१ लाख रुपैयाँभन्दा बढी मूल्यका किराना सामग्री नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दुविनायक क्षेत्रबाट चैत २९ गते उक्त सामान बरामद गरिएको हो ।

भारतबाट अवैध रूपमा ल्याइँदै गरेको किराना सामग्री सु प्र प्र ०१–००२ त ५०९० नम्बरको ट्याक्टर र सु प्र प्र ०१–००१ च २७८९ नम्बरको बलेरो पिकअप गाडीमा लोड गरिएको अवस्थामा फेला परेको थियो । सोही क्रममा सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म, बैतडीले ती सामग्रीसहित दुबै सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*