सामुदायिक लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न, के के प्रस्ताव भए पारित ?

२९ चैत्र २०८२, आईतवार १७:५९

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा सभा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले कम्पनीको हाल संस्थापक शेयर समूह र सर्वसाधारण समूहको शेयर क्रमशः ६१.११ २ ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित भएको छ ।

त्यसैगरी यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र उपरोक्त विशेष प्रस्तावहरूका सम्बन्धमा नियमनकारी निकायहरूबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१।०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१।०८२ को नाफा । नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*