मन्त्रीहरुसँग झण्डै १० केजी सुन, साढे चौध केजी चाँदी, देशैभर करोडौंको सम्पत्ति

२९ चैत्र २०८२, आईतवार २२:२५

काठमाडौं । वर्तमान नयाँ सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार कैयौं मन्त्रीहरुको सम्पत्ति शंकास्पद देखिन आएको छ । हिजोका दिनमा सामान्य अवस्थाबाट गुज्रेका व्यक्तिहरुसँग आज करोडौं रुपैयाँको सम्पत्ति र सुन, चाँदी हिरा तथा घरजग्गाहरु भेटिएको छ ।

आज सार्वजनिक गरिएको विवरण अनुसार १६ जना मन्त्री तथा एक जना प्रधानमन्त्री समेत गरी कूल १७ जनासँग ९.२४ केजी अर्थात ७८६ केजी सुन देखिएको छ । त्यस्तै, १७ जनाको मन्त्रिमण्डलका सदस्यहरुसँग १२४० तोला जति चाँदी रहेको खुलेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको १९० तोला सुन रहेको तथ्य सम्पत्ति विवरणमा भरेका छन् । त्यस्तै, मन्त्री गौरी कुमारी यादव सबैभन्दा धेरै सुन हुने मन्त्रीहरुको सूचिमा पहिलो नम्वरमा परेकीी छिन् । उनीसँग १८० तोला सुन र छ केजी चादी रहेकोछ । आजको बजार मूल्य अनुसार उक्त सुनको मूल्य अनुसार २३ करोड ३५ लाख २० हजार छ सय रुपैयाँ पर्दछ । त्यस्तै, ६१ लाख भन्दा बढीको चाँदी रहेको देखिएको छ ।

वर्तमान मन्त्रिमण्डलका सदस्यहरुका यसअघिका मन्त्रीहरु भन्दा पनि निकै धनीमानी देखिएका छन् । उनीहरुको करोडौं बैंक ब्यालेन्स तथा करोडौंको सयौं रोपनी जग्गा देशका विभिन्न भागहरुमा देखिएका छन् ।

मन्त्रिमण्डलका कोसँग कति सुन चाँदी ?
१. वालेन्द्र शाह सुन १९० तोला चादी ०
२. स्वर्णिम वाग्ले सुन ४५ तोला चाँदी ०
३. शिशिर खनाल सुन २२ तोला चाँदी २५
४. विराजभक्त श्रेष्ठ सुन १५ तोला चाँदी ५०
५. सुधन गुरुङ सुन ८९ तोला चाँदी ५१० तोला
६. सुनिल लम्साल सुन ३० तोला चाँदी ५०
७. सोविता गौतम सुन १५ तोला चाँदी ५ (हिरा समेत)
८. सिता वादी सुन १८ तोला चाँदी १५
९. प्रतिभा रावल सुन २५ तोला चाँदी ०
१०. निशा मेहता सुन ३० तोला चाँदी ५० तोला
११. सस्मित पोखरेल सुन २५ तोला चाँदी १०० तोला
१२. खडकराज पौडेल सुन ११ तोला चाँदी ५
१३. डा. बिक्रम तिमल्सिना सुन ६ तोला चाँदी १०
१४. गिता चौधरी सुन ५ तोला चाँदी १००
१५. गौरी कुमार यादव सुन १८० तोला चाँदी १७० तोला
१६. रामजी यादव सुन ८० चाँदी १५० तोला ।

जम्मा सुन ७८६ तोला (९.२४ केजी) चाँदी १२४० तोला (१४.५८ केजी)
मन्त्रीहरु सबैको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । यसअघिका मन्त्री दीपक कुमार शाहले भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक नै नगरी विदा भइसकेका छन् ।
हेरौं पुरा सम्पत्ति विवरणः

सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूको सम्पत्ति विवरण_lbrrcqk-compressed

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*