हिमालयन पावर पार्टनरले वैशाख १७ गतेदेखि हकप्रद निष्काशन गर्ने

३० चैत्र २०८२, सोमबार ०९:०८

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअनुसार हाल रहेका प्रत्येक १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता (५० प्रतिशत) अनुपातमा हकप्रद शेयर निष्काशन गरिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले चैत १० गते नै बूक क्लोज गरिसकेको छ। तसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ ६ गते रहेको छ।

कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दा केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ जसले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ। कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँड पछि यो पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*