नयाँ वर्षमा नेपाल टेलिकमको धमाकेदार अफर, ४९९ मा दैनिक ५ जीबी

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइने छन् । ‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ । उक्त सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै ‘न्यु इयर प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ । १० जीबीको सीमा सकिएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजको प्रयोग अवधि ३० दिनको रहनेछ । कम्पनीका अनुसार चैत ३० गतेदेखि आगामी वैशाख २ गतेसम्म यी प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ ।
ग्राहकले नयाँ वर्ष २०८३ अफर लिन मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन् । साथै नेपाल टेलिकम एपमार्फत पनि उक्त प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।











