अर्थमन्त्री स्वर्णिम वाग्लेसँग कुन-कुन कम्पनीको शेयर छ ?

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग करोडौँ रुपैयाँ बराबरको शेयर लगानी रहेको सार्वजनिक सम्पत्ति विवरणबाट देखिएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार वाग्लेले सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा गरी करिब १ लाख कित्ता प्रोमोटर सेयर राखेका छन्। त्यस्तै विभिन्न कम्पनीमा गरेर करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको पनि उल्लेख छ।

त्यसैगरी सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेसँग ९ स्थानमा जग्गा रहेको छ। काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैँसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत जग्गा रहेको उल्लेख छ।
उनको सम्पत्तिमा ४५ तोला सुन समेत रहेको छ । साथै विभिन्न कम्पनीमा गरी करिब १ करोड ९० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति: १९ करोड बढीको घरजग्गा, करोडौं बैंक ब्यालेन्स











