हर्मोज नाका बन्दको घोषणासँगै कच्चा तेलको मूल्य आकासियो, विश्व बजारमा आपूर्ति संकटको चिन्ता

३० चैत्र २०८२, सोमबार १३:०७

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा आपूर्तिको जोखिम बढेको भन्दै तेलको मूल्य उकालो लागेको हो ।

बजारमा अमेरिकी क्रुड तेल करिब ८ प्रतिशतले वृद्धि हुँदै प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ भने ब्रेन्ट क्रुड पनि ७ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.२९ डलरमा कारोबार भएको छ ।

युद्ध सुरु हुनुअघि करिब ७० डलरको आसपास रहेको कच्चा तेलको मूल्य अहिले पुनः १०० डलरभन्दा माथि पुगेको छ । यसले विश्वव्यापी आपूर्ति शृङ्खला, व्यापार लागत र समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*