शेयर बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए आज मालामाल
३० चैत्र २०८२, सोमबार १५:१७

काठमाडौँ । शेयर बजार आज झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१८ अकंले घटेर २८३३.६० बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने केहि खुम्चिएको छ । आज २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।
बजार घटेपनि यसदिन १०५ कम्पनीको शेयर मूल्य बढेको छ । आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार सुपर खुदी, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट, पाल्पा सिमेन्ट, रिज लाइन र शिखर पावरको शेयरमा सर्किट लागेको छ ।












