वर्षदिनमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब निक्षेप थपियो, आक्रामक एभरेष्ट र एनएमबि, कुनसँग कति ?

काठमाडौँ । वर्षदिनको अवधिमा वाणिज्य बैंकमा साढे ७ खर्बभन्दा बढी निक्षेप थपिएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको हो ।
बैंकहरुको निक्षेप अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा १३.७३ प्रतिशत अर्थात् ७ खर्ब ७७ अर्ब ९६ करोड ८६ लाख ८० हजार रुपैयाँले बढी हो । अघिल्लो वर्षमा बैंकहरुसँग कुल ५६ खर्ब ६५ अर्ब ५७ करोड ४ लाख रुपैयाँ निक्षेप रहेको थियो ।
सर्वाधिक निक्षेप हुने पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको कुल निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष ग्लोबलसँग ४ खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ निक्षेप थियो ।
निक्षेप धेरै हुने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकको निक्षेप १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको निक्षेप ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, निक्षेप धेरै हुने तेस्रो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको १६.६० प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.०९ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ, पाँचौ नम्बरमा रहेको लक्ष्मी सनराइज बैंकको ११.५९ प्रतिशतले बढेर ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख रुपैयाँ र छैटो नम्बरमा रहेको कुमारी बैंकको ९.४६ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा प्रभु बैंकको निक्षेप १२.१९ प्रतिशतल बढेर ३ खर्ब ४२ अर्ब १८ करोड र नेपाल बैंकको १७.२९ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा एनआईसी एशिया बैंकको मात्रै निक्षेप घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनतामा गत आर्थिक वर्षमा बैंकको निक्षेप ९.८९ प्रतिशतले घटेर ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको हो ।
यता, हिमालयन बैंकको निक्षेप ३ खर्ब ९ अर्ब १५ करोड, एभरेष्ट बैंकको २ खर्ब ९८ अर्ब ८१ करोड, कृषि विकास बैंकको २ खर्ब ९३ अर्ब ५७ करोड, एनएमबि बैंकको २ खर्ब ८० अर्ब ९२ करोड, सिद्धार्थ बैंकको २ खर्ब ८० अर्ब ३२ करोड, प्राइम बैंकको २ खर्ब ६३ अर्ब ३६ करोड, सानिमा बैंकको २ खर्ब २३ अर्ब ९५ करोड, सिटिजन्स बैंकको २ खर्ब ११ अर्ब ५० करोड, नेपाल एसबिआई बैंकको १ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
साथसाथै, माछापुच्छ्रे बैंकको १ खर्ब ८४ अर्ब १७ करोड निक्षेप हुँदा स्टान्र्डड चार्टड बैंकको १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।












