बीमा बजारको विश्वसनीयता र स्थायित्वको सवाल

पृष्ठभूमि
कुनै पनि देशको अर्थतन्त्रको आकार, अवस्था र दिशाको आँकलन गर्दा बीमा बजारको विकासको अवस्थालाई हेर्ने गरिन्छ । बीमा बजार अर्थतन्त्रको एक प्रकारले ऐन पनि हो । बीमा बजारको विश्वसनीयता तथा स्थायित्व कायम राख्दै बीमा बजारको विकास तथा विस्तार गर्ने दायित्व राज्य र बीमा क्षेत्रका नियामक निकायको हुन्छ । बीमा बजारलाई स्वच्छ, पारदर्शी तथा भरपर्दो बनाई बीमितको हकहित संरक्षण गरिनुका साथै बीमा बजारलाई आधुनिक प्रविधिमैत्री बनाई लगानीका दीर्घकालीन अवसरहरु प्रदान गरिनुपर्छ । यसले गर्दा अर्थतन्त्रमा पूंजी परिचालन भई उत्पादन र रोजगार बढ्न गई आर्थिक वृदिॄ हुन्छ । बीमाले प्राकृतिक तथा मानब सिर्जित जोखिमबाट जीवन, सम्पति, व्यवसाय र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्ने हुँदा बीमा बजारको स्थायित्वको लागि राज्य र नियमनकारी निकायको प्रभावकारी भूमिका हुनुपर्छ ।
नेपालको शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आर्थिक र शैक्षिकस्तर ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुभन्दा सुढृढ भएको हुनाले बीमा सम्बन्धी चेतना बढी नै भएको पाइन्छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको भौगोलिक कठिनाई, कमजोर आर्थिक अवस्था र न्यून शैक्षिकस्तरले गर्दा बीमा सम्बन्धी चेतना अभावको कारणले बीमा सेवा पहुँच बढाउनमा कठिनाई देखिन्छ । यस्ता क्षेत्रमा बसोबास गर्ने समुदायमा अझैँ पनि बीमा सम्बन्धी चेतना पुग्न सकेको छैन् । हुनत: विगत वर्षहरुदेखि नेपाल बीमा प्राधिकरण बीमा चेतना विस्तारका लागि स्थानीय तहसम्म पुग्ने गरे तापनि अपेक्षाकृत उपलब्धी हासिल भएको देखिँदैन । साथै बीमा व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा, सुलभ बीमा सेवाको अभाव, दावी भुक्तानीमा ढिलाई र बीमा सेवा प्रदायकप्रति अविश्वास जस्ता कारण एकातिर समस्याका रुपमा देखिएका छन् भने अर्कोतिर बीमामा फ्रड दावी, मिससेलिङ्ग, सरेण्डर, धोखाघडी तथा ठगी लगायतका कारणले बीमा बजारमा विश्वसनीयता तथा स्थायित्व कायम गर्न चुनौती देखिएको छ ।
नेपालको बीमा बजारमा लगानीकर्ता, बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेयर र बीमा ब्रोकर लगायत अन्य सेवा प्रदायकहरुको संख्यामा भएको वृदिॄसंगै बीमितको संख्या, बीमालेख संख्या, बीमाशुल्क संकलन, बीमाका प्रडक्टहरु, बीमाको पहुँच र अर्थतन्त्रको कुल ग्राह्स्थ्य उत्पादनमा वृदिॄ भए तापनि गुणस्तरीय बीमा सेवाको पहुँच र बीमा बजारमा विश्वसनीयता कायम भने अझै हुनसकेको छैन् । जबसम्म सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध हुँदैन तबसम्म बीमा बजारमा विश्वसनीयता र स्थायित्व कायम गर्न सकिँदैन । बीमाले मानिसको जीउ, धन, सम्पति तथा दायित्वको जोखिम व्यवस्थापनको कार्य गर्ने हुँदा बीमाबिना देशको अर्थतन्त्रको कल्पना पनि गर्न सकिँदैन । बीमा वित्तीय प्रणालीको मेरुदण्ड भएको हुनाले राज्य र नियमनकारी निकायको प्रभावकारी भूमिकाले मात्र बीमा बजारमा विश्वसनीयता कायम भई स्थायित्व कायम हुने देखिन्छ ।
बिषयवस्तुको विश्लेषण
नेपालको वित्तीय प्रणाली अन्तर्गत बैंक तथा वित्तीय संस्था, बीमा , पूंजी बजार, सहकारी संस्था तथा गैरबैंकिंग वित्तीय संस्था लगायतका क्षेत्रहरु पर्दछन् । यीमध्ये बीमा सबै भन्दा महत्वपूर्ण क्षेत्र हो । किनभने वित्तीय प्रणाली अन्तर्गतका ती क्षत्रेहरुको आर्थिक जोखिम व्यवस्थापन गर्ने काम बीमाले गर्दछ । बीमा वित्तीय प्रणालीको प्रमुख खम्बा हो । तसर्थ, वित्तीय प्रणालीको स्थायित्वको लागि बीमा तथा पुनर्बीमा कम्पनीहरु सधैं एकनासले बलियो (Sound) , राम्रोसंग काम गर्ने (Well Function) र विश्वसनीय (Trust) हुनुपर्छ । बीमा बजारमा असामान्य अवस्था आए तापनि बीमा तथा पुनर्बीमा कम्पनीहरु समान्य अवस्थामा जस्तै गरी आर्थिक समस्या नआइकन सधै एकनासले चल्नुपर्छ । बीमा कम्पनीको वित्तीय स्थिरताका लागि Capital, Solvency, Liquidity, Bonus, Profit जस्ता सूचकाङ्कहरु महत्वपूर्ण हुने भएकोले कम्पनीहरु वित्तीयरुपमा सधैं बलियो हुनुपर्छ । पूंजीले बीमा बजारको विकास तथा विस्तार लगायत क्षमता बढाउन तथा आर्थिक वृदिॄमा पनि निर्णायक भूमिका खेल्छ भने सोल्भेन्सीले बीमकको वित्तीय दायित्व पुरा गर्न सक्षम छ भन्ने दर्शाउँछ । तरलताले बीमकको दैनिक कार्य संचालन तथा शिघ्ररुपमा दावी भुक्तानी गर्न सहजता ल्याँउछ । बोनसले बीमितलाई बजारमा दिगोरुपमा टिकाईराख्न्न विश्वास प्रदान गर्दछ । त्यस्तै, मुनाफाबाट लगानीकर्तालाई लाभांश प्राप्त हुने हुँदा बीमा बजार विस्तारका लागि थप लगानी बढाउन हौसला प्रदान गर्दछ । बीमक तथा पुनर्बीमकलाई सुढृढ सूचकांकले (Retention) धारण क्षमता निर्धारण गरी जोखिम व्यवस्थापन गर्न सहयोग पुग्छ । साथै, दिगोरुपमा बीमा बजारको विकास तथा विस्तार गर्न स्थायित्व प्रदान गर्छ ।
बीमा प्रणालीभित्र बीमक, पुनर्बीमक, मध्यस्थकर्ता र अन्य सेवा प्रदायकका कानूनी, आर्थिक लगायत संस्थागत संरचना बलियो भएमा मात्र सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा प्रदान गर्न सकिन्छ, जसले बीमा बजारमा स्थायित्व ल्याउँछ । सर्वसाधारणले भविष्यको बचत तथा जोखिम व्यवस्थापनको लागि जीवन बीमा गरेको हुन्छ । त्यस्तै, सम्पति वा दायित्वको जोखिम व्यवस्थापनको लागि निर्जीवन बीमा गरेको हुन्छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले पनि आफूले धारणा गर्ने जोखिमभन्दा बढी अंशको जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् । यस अर्थमा बीमितले बीमा कम्पनीलाई र बीमा कम्पनीले पुनर्बीमा कम्पनीलाई जोखिम व्यवस्थापन गरेको हुन्छन् । यो चक्र निरन्तररुपमा कुनै अवरोध नआई विश्वसनीय तवरबाट चल्न सके मात्र बीमा बजारमा विश्वसनीयता तथा स्थिरता कायम रहन सक्छ । हाल देशको वित्तीय प्रणालीमा देखिएको उतार-चढाब (अस्थिरता) ले बीमा क्षेत्र पनि प्रभावित हुने देखिन्छ । जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कमध्ये खर्च कटाई बाँकि रहेको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुदॄती निक्षेपमा लगानी गरेका छन् । तर, बजारमा ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । बैंकको मुदॄती निक्षेपबाट बीमा कम्पनीहरुले हाल २ प्रतिशतभन्दा कम ब्याज पाइरहेका छन् । यसले गर्दा एकातिर बीमितको बोनसमा असर परिरहेको छ भने अर्कोतिर लगानीकर्ताले पाउने मुनाफामा असर परेको छ । जीवन बीमा बीमितका लागि जोखिम व्यवस्थापनसंगै लगानी पनि भएको हुनाले बोनसको दर घट्दै गएमा विश्वासको संकट आउन सक्छ र भविष्यमा सर्वसाधारणको बीमाप्रतिको बुझाई सकारात्मक नहुन सक्छ । त्यस्तै, लगानीकर्ताले उचित मुनाफा पाउन सकेनन् भने बीमा बजारप्रति उनीहरुको Motivation हुँदैन । जसले गर्दा लगानीकर्ता Innovation र बजार विस्तारका लागि अगाडी नबढ्ने र लगानी गरेको पूंजीबाट हात झिक्न सक्ने डर समेत हुन्छ । यस्तो अवस्थामा बीमा बजारमा अस्थिरता आउने सम्भावना रहन्छ । साथै, बीमाको बजारीकरणमा पनि चुनौती थपिन सक्छ ।
सर्वसाधारण तथा लगानीकर्ताको विश्वास बढाउन राज्यले बीमा क्षत्रेलाई नीतिगतरुपमा संरक्षण गर्नुपर्छ भने नियामक निकायले बीमाको मूल्य निर्धारण, बीमाका प्रोडक्ट र लगानीका अन्य क्षेत्र विस्तारप्रतिको धारणा परिवर्तन गर्नुपर्छ । परम्परागत सोच तथा ढिलो निर्णयले बीमाको लागत बढ्ने, लगानीको अवसर गुम्ने, ग्राहकमुखि बीमालेखको विकास नहुने र लगानीबाट अपेक्षाकृत प्रतिफल नआउने, हुँदा बीमा बजारमा विश्वसनीयता तथा स्थायित्व स्थापित गर्न चुनौती थपिने छ । बीमकको अण्डरराइटिङ्ग Profit खासै नहुने हुँदा लगानीबाट आर्जित ब्याजले वित्तीय विवरणमा मात्र नाफा देखिन्छ । बैंकको मुदॄती निक्षेपमा घट्दो ब्याजले गर्दा लगानीकर्ताले पाउने लाभांशमा पनि निश्चितरुपमा असर पर्छ । जलवायु परिवर्तनको कारणले बाढी, पहिरो र हावाहुरी तथा भूकम्पले भौतिक संरचनाहरुको क्षतिबाट बीमा तथा पुनर्बीमा कम्पनीहरुले अनुमान गरेभन्दा बढी दावी भुक्तानी गर्नुपर्ने हुन्छ । बीमकबाट बीमितलाई भएको दावी भुक्तानी विगतका वर्षहरुको तुलनामा गतवर्ष न्यून प्रतिशतले भएको पाइन्छ । यसले गर्दा भोलिका दिनमा बीमा बजारमा विश्वासको संकट निम्त्याउन सक्छ । बीमकको वित्तीय विवरणमा लगानीबाट प्रतिफलमा आएको कमी, संचालन खर्चको बढोत्तरी तथा दावीको चापले विगत बर्षहरु जस्तो बीमित तथा लगानीकर्तालाई लाभांश तथा प्रतिफलको निरन्तरता नहुन सक्ने देखिन्छ । हुनत: नियामक निकाय नेपाल बीमा प्राधिकरणले बिगतको लगानी सम्बन्धी निर्देशन २०७९ खारेज गरी नयाँ लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ । यसो गरे तापनि लगानीको विविधिकरणका लागि तोकिएका सीमा तथा क्षेत्र पर्याप्त छैनन् । लगानी निर्देशनमा बीमकहरुले धेरै शर्तहरुको पालना गरी लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । तथापी नियामक निकायको उक्त कदमलाई सकरात्मक ढृष्टिकोणले हेर्नुपर्छ । हाल बीमा क्षेत्रको करिब रु ९ खर्ब बैंक तथा वित्तीय संस्थाको मुदॄती निक्षेपमा न्यून प्रतिफल आउने गरी लगानी भएको पाइन्छ । अबका दिनमा बीमा कम्पनीहरुले लगानीलाई विविधिकरण गरी पूंजी बजार, स्वास्थ्य, शिक्षा, कृषि, जलविधुत परियोजना, पर्यटन लगाएतका राष्ट्रिय पूर्वाधारका क्षेत्रहरुमा लगानी विस्तार गर्नुपर्छ । यी क्षेत्रहरुमा सुरक्षित तवरले अधिकतम् प्रतिफल आउने गरी लगानी गर्दा बीमकको सम्पति र दायित्वको Mis Match नहुनेतर्फ बिचार गरिनुपर्छ । यी क्षेत्रमा गरिने दीर्घकालीन लगानीले राष्ट्रिय अर्थतन्त्रलाई महत्वपूर्ण टेवा दिई वित्तीय प्रणालीलाई समेत स्थायित्व प्रदान गर्छ ।
केहि बीमकले अर्बौका जलविधुत आयोजना र भौतिक पूर्वाधारको बीमा गर्दा पूर्णरुपमा पुनर्बीमा व्यवस्था नगरी बीमालेख जारी गर्ने गरेको गुनासो बीमा बजारमा सुनिन्छ । यसबाट पुनर्बीमकबाट स्वीकृत ( कन्फर्मेशन) प्राप्त नभएसम्म बीमालेख जारी गर्न नपाइने कानूनी व्यवस्थाको उल्लंघन हुने देखिन्छ । पूर्णरुपमा पुनर्बीमाको व्यवस्था नगरी बीमालेख जारी गर्दा भोलिका दिनमा दावी पर्दा कम्पनीले दावी भुक्तानी दिन नसक्ने अवस्था आउन सक्छ । यसले गर्दा बीमा बजारमा अविश्वासको वातावारण सृजना हुन्छ । बीमक तथा मध्यस्थकर्ताबाट कुनै पनि बीमालेख बिक्रीको योजना ल्याउँदा सही सूचना बीमितलाई प्रवाह नगरी बढाईचढाई गरी पेश गर्नु, झुटो विवरणको आधारमा बीमा गर्नु, स्वास्थ्य परिक्षण प्रतिवेदन Fake हुनु, वित्तीय क्षमताले धान्न नसके तापनि ठुलो बीमाङ्कको बीमा गरीदिनु, बीमकहरुले आफ्नो मध्यस्थकर्तालाई बीमालेखको बारेमा पर्याप्त जानकारी नदिनु र मध्यस्थकर्ताले पनि बीमितलाई बीमालेखबाट प्राप्त हुने लाभका बारेमा बढाईचढाई जानकारी दिने गरेको जस्ता गुनासा सुन्निछ । यसरी प्रलोभनमा परेर बीमालेख बिक्री गर्दा बीमा दावी भुक्तानीको समयमा विवाद उत्पन्न हुने गर्छ । बीमा बजारमा Mis selling जस्ता विकृतिले बजारप्रति विश्वास कायम गर्न समस्या देखिएको छ । बीमा बजारमा Mis selling ले तत्कालका लागि बीमक तथा मध्यस्थकर्तालाई व्यवसायिक लक्ष्य पुरा गर्न सजिलो त होला तर दीर्घकालीन रुपमा बीमकलाई आर्थिक नोक्सानी हुन्छ भने बीमितको हित पनि रक्षा गर्दैन । यसबाट जीवन बीमकलाई आर्थिकरुपमा नोक्सानी हुन्छ भने सर्वसाधारणको मध्यस्थकर्ताप्रति हेर्ने ढृष्टिकोण तथा बुझाई फरक हुन जान्छ । हाल, जीवन बीमामा ब्यतित बीमालेखको संख्यामा वृदिॄ, बीमालेखको समर्पणमा वृदिॄ र दावी भुक्तानीमा समस्या जस्ता समस्याहरु बीमा क्षेत्रमा देखिएका छन् । त्यस्तै, निर्जीवन बीमातर्फ उधारो बीमा विगतको तुलनामा धेरै हदसम्म नियन्त्रण भए तापनि उपयुक्त जोखिमांकन नहुनु, ट्यारिफदरभन्दा घटीमा बीमा हुनु, ठुला बीमाङ्क भएका केही सम्पतिको विश्वासनीय तवरबाट भौतिक परिक्षण नहुनु, नियम विपरितका छुटहरु प्रदान गर्नु, नगद फिर्ता (Cash Back), बीमालेखको सेवा शर्तबारे बीमितलाई सही जानकारीको अभाव जस्ता विकृतिले बीमा क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा देखाई विश्वासको वातावरण बन्न सकेको छैन् । बीमितले दावीको सूचना बीमकमा दर्ता गराईसकेपछि बीमकबाट खटाएको सर्भेयर समयमै घटनास्थलमा नपुग्नु, बीमितसंग पटक-पटक कागजात तथा विवरण माग गर्नु, मोलमोलाई गर्नु, ढिलो गरी मूल्यांकन प्रतिवेदन पेश गर्नु जस्ता समस्या एकातिर देखिएको छ भने अर्कोतिर बीमकबाट दावी भुक्तानी ढिलो हुने गरेको र जालझेल हुने गरेको जस्ता गुनासा सुन्ने गरिन्छ । कतिपय अवस्थामा बीमितले पनि सर्भेयर तथा बीमकलाई घटनासंग सम्बन्धित जानकारी, प्रमाण, कागजात तथा विवरण समयमा उपलब्ध नगराउनु र बढाईचढाई गरेर बीमा दावी गर्ने गरेको जस्ता समस्या बीमकले पनि भोग्दैआएको सुन्ने गरिन्छ । दावी भुक्तानी नै बीमाको विश्वास हो । तसर्थ, बीमा नियमनकारी निकायले भरपर्दो तवरले निगरानी बढाउनु पर्छ । बीमा बजारमा विश्वसनीयता र स्थिरता कायम गर्न बीमा नियमनकारी निकायले उपयुक्त रणनीति बनाएर विकृति नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
बीमालेखका शर्त अनुसार बीमितलाई यथासम्भव छिटोछरितो तवरले बीमा दावी भुक्तानी गरेमा बीमाप्रति आम नागरिकमा सकरात्मक सन्देश प्रवाह हुन जान्छ र बीमा क्षेत्रप्रतिको विश्वसनीयता बढ्छ । बीमकले सर्वसाधारणको चाहना र आवश्यकताको आधारमा बीमालेख ल्याउनुपर्नेमा बीमकले आफ्नो अनुकुलको बीमालेख ल्याएका हुन्छन् । कुनै बीमकले बजारमा नयाँ बीमालेख ल्याँउदा अर्को बीमकको नक्कल गरी ल्याएको गुनासा पनि सुनिन्छ । बीमकले नयाँ बीमालेख ल्याउँदा शहरदेखि गाँउसम्म पुगेर बजारको अनुसन्धान गर्नुपर्नेमा केन्द्रमै बसेर कागजमा मात्र अनुसन्धान भएको पाइन्छ । यसरी ल्याइने बीमालेखले ग्राहकको आवश्यकतालाई पूर्णरुपमा सम्बोधन गर्दैन । बीमकले तथ्यांक, बजार अनुसन्धान प्रतिवेदन, लागत-लाभ विश्लेषण, जोखिमको पहिचान तथा न्यूनीकरण सम्बन्धी योजना र बजारीकरण सम्बन्धी रणनीति यथार्तपरक तयार पारी ग्राहकको सन्तुष्टि, चाहना, आवश्यकताको आधारमा बीमालेख ल्याउनु पर्छ । यसले बीमा बजारमा विश्वसनीयता कायम हुन्छ र बीमा बजारमा बीमालेख दिगोरुपमा टिकिरहन सक्छ ।
निष्कर्ष
राज्यले बैंक तथा वित्तीय संस्था जतिकै बीमा क्षेत्रको संरक्षण तथा सम्वर्दॄनका लागि पर्याप्त प्रयास गर्नु आवश्यक छ । सर्वसाधारणको सम्पति तथा दायित्वको जोखिम व्यवस्थापन गर्ने कार्य बीमाले गर्छ । तसर्थ, आर्थिक र समाजिक तथा भौगोलिकरुपले पिछडिएका समुदायहरुका लागि बीमा सम्बन्धी सहुलियत, छुट तथा अनुदान दिई बीमाको दायरामा ल्याउन आवश्यक पहल गर्नुपर्छ । सरकारले बीमा क्षेत्रको दिगो विकास गरी बीमालाई गरिबी न्यूनीकरण नीतिसंग आबदॄ गर्नुपर्छ । जीवन बीमा, स्वास्थ्य बीमा र घर बीमामा दिइँदैआएको कर छुटको सीमा बढाउनु पर्छ । बीमा व्यवसायमा लाग्ने बार्षिक करको सीमा घटाइनु पर्छ । यसले सर्वसाधारण तथा लगानीकर्तालाई बीमा बजारप्रति आकर्षित गरी बीमाप्रति विश्वासनियता बढाउँछ । उपयुक्त प्रतिफल प्राप्त हुन नसकेका कारणले बीमकको Assets- Liability को Mismatch भइरहेको छ । तसर्थ, राज्यले बीमा क्षेत्रको लागि महाविपत्ती वण्ड, बीमा वण्ड र ग्रीन वण्ड जस्ता वित्तीय औजारहरू ल्याउने बाटो खुला गर्नुपर्छ । यसले गर्दा बीमा बजारलाई दीर्घकालीन लगानीको अवसर जुटाउन मदॄत मिल्छ । राज्यले प्रवाह गर्ने सेवा र क्षतिपूर्ति वापत प्रदान गरिने राहतस्वरुपको रकम सम्बन्धी दयित्वलाई बीमा कम्पनीमा स्थान्तरण गरिनुपर्छ । सरकारको दायित्व अन्तर्गतको कोरोना बीमा मापदण्ड बमोजिमको दावी रकम बीमितलाई भुक्तानी भएमा बीमा बजारमा विश्वासनीयता बढ्नेछ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा बजारमा विश्वासनीयता बढाउन ग्रामीण र आर्थिकरुपले पिछडिएका सीमाङ्कृत वर्गका मानिसहरुका लागि सस्तो र अनुकूल बीमालेखको विकास गर्नुपर्छ । साथै, आगामी दिनमा बीमा समावेशिताका लागि बीमा शिक्षा तथा सचेतना जस्ता कार्यक्रम ग्रामीण तथा पिछडिएका समुदायहरुलाई लक्षित गरी संचालन गर्नुपर्छ । यसबाट निश्चितरुपमा बीमाको बजार विस्तार भई विश्वासनीयता बढ्न जान्छ । बीमा क्षेत्रको जोखिम बहन क्षमता वृदिॄ गर्न पुनर्बीमाको दायरा विस्तार गरी स्वदेशी पुनर्बीमा व्यवसायलाई सुढृढ तथा प्रतिस्पर्धी बनाई विदेशी मुद्रा आर्जन गर्न सक्षम बनाउन नीतिगत व्यवस्था गरिनुपर्छ । यसले बीमा बजारमा स्थायित्व कायम गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ । बीमा बजारमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धालाई अनुगमन तथा सुपरिवेक्षण गरी यस्ता कार्यलाई निरुत्साहित गरिनुपर्छ । सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवाको सुनिश्चित तथा बीमा दावी भुक्तानी प्रणालीको विकास लगायत संस्थागत सुशासन कायम हुने गरी काम गरेमा मात्र बीमा बजारप्रति विश्वासनीयता बढ्न जान्छ । साथै, प्रवाह हुने सेवा चुस्तदुरुस्त, नवप्रवर्तन र प्रविधिमा आधारित भएमा नियामकप्रति सर्वसाधारणको सकरात्मक धारणा बन्छ । बीमा बजारको विकास र स्थायित्वले नै सर्वसाधारण लगायत बीमित र लगानीकर्तामा विश्वास बढ्न जान्छ ।
(लेखक दिनेश कुमार लाल नेपाल बीमा प्राधिकरणका पूर्व निर्देशक हुन् । बीमा नियमनबारे गहिरो दख्खल भएका लाल ३० वर्ष सेवा अवधी पुरा गरेर गत वर्ष मात्रै अनिवार्य अवकासमा गएका हुन् ।)













