सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
१३ आश्विन २०८३, मंगलवार १०:५७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामै ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३९५ रुपैयाँ तोकिएको हो ।











