सहकारीको प्रतिआना ३ लाखको लिलाम जग्गा बिक्रीमा

१६ आश्विन २०८३, शुक्रबार ०९:३७

काठमाडौं । समस्याग्रस्त गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको काभ्रेपलाञ्चोक नासिकास्थान साँगा–५ स्थित जग्गा लिलाम बिक्रीमा राखिएको छ।

कित्ता नम्बर १०४८ को १ रोपनी ८ आना २ पैसा १ दाम जग्गामध्ये ५० प्रतिशत हकहिस्सा लिलाम गर्न लागिएको हो। यसको न्यूनतम मूल्य प्रतिआना ३ लाख ६० हजार रुपैयाँ तोकिएको छ भने कुल न्यूनतम मूल्य ४४ लाख २१ हजार २५ रुपैयाँ कायम गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण दायित्व फरफारक नभएपछि सहकारीको सम्पत्ति लिलाम गर्न लागेको जनाएको छ। इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले न्यूनतम मूल्यभन्दा कम नहुने गरी ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*