बीमा समितिद्धारा संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण

रिना खत्री
२५ श्रावण २०७९, बुधबार १५:११

काठमाडौं। बीमा समितिले संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ। समितिले निर्देशन विपरित लाईसेन्स वितरण गरेको भन्दै बोर्डका एक संचालकले आपत्ति जनाएको छ । बीमा ऐन अनुसार बीमा समितिले गर्ने काम कार्वाही आफूखुसी अधिकार प्रयोग गरेका भन्दै एक संचालकले बीमापोष्टलाई बताए ।

नयाँ लाईसेन्स प्रकृयाको लागि संचालक आवश्यक पर्ने लाईसेन्स वितरणमा किन आवश्यक नपर्ने भन्दै समितिको बठ्याई भएको एक संचालकले बताए । बीमा समितिले असार अगाडि नै १० पुनर्बीमा ब्रोकरलाई लाईसेन्स वितरण गरिसकेको छ। तर संचालकलाई भने कुनै जानकारी नै छैन । बीमा समितिको परिधिभित्र सबै अधिकार पर्छ भने संचालक किन आवश्यक भन्दै एक संचालकले बताए ।

बीमा समितिबाट जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रिईन्स्योरेन्स ब्रोकर, शुभ रि ईन्स्योरेन्स सर्भिसेज, एवान रि ईन्स्योन्स ब्रोकरले स्विकृती पाईसकेका छन् ।

बीमा कम्पनीहरुले गरेको बीमा रकमको निश्चित अंशको जोखिम आफैले राख्ने गर्छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि ५ प्रतिशत र जीवन बीमा कम्पनीहरुले ०.३ प्रतिशत जोखिम आफैले लिन पाउने नीतिगत व्यवस्था गरेको छ ।

सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरुले पुनर्बीमा गराउने गर्छन् । कम्पनीहरुले पुनर्बीमा गराउँनको लागि पहिला ब्रोकरमा जानुपर्छ । अनि ब्रोकरले पुनर्बीमा खोजेर कम्पनीहरुले गरेको बीमाको पुनर्बीमा गराउने व्यवस्था गरेका हुन्छन् । तर, नेपालमा अहिलेसम्म पुनर्बीमा ब्रोकर नभएकोले कम्पनीहरु आफैले पुनर्बीमा गराउँदै आएका छन् ।

पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच जोखिम तथा बीमा शुल्क बाँडफाँड गर्ने कार्य हो । पुनर्बीमा ब्रोकरले दुई पक्ष बीच पुलको काम गर्दछन् । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।

दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुने भएकोले पुनर्बीमामा यसको धेरै नै महत्व हुन्छ । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो हात रहन्छ ।बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजत पत्र दिनसक्नेछ । बीमा समितिले गत आर्थिक वर्षमा जारी गरेको बीमा निर्देशिकामा दलाललाई पुनर्बीमासम्बम्धी व्यवस्था खुल्ला गरेको थियो । बीमा समितिले आवेदन मध्येबाट छनोट गरेर १० कम्पनीलाई लाईसेन्स वितरण गरेको हो । उक्त बिषयमा संचालकलाई भने कुनै जानकारी दिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*