साताभरि सर्वाधिक कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको फ्लोरसिटले के भन्छ ?

८ जेष्ठ २०७८, शनिबार ०८:४५

काठमाडौं । यो साताभरि नै नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भयो । साताभरि भएको कूल एक खर्ब आठ अर्ब ७७ करोड १८ लाख रुपैयाँको शेयर कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै तीन अर्ब नौ करोड ५४ लाख भन्दा बढिको कारोबार भयो । साताको पहिलो दिन देखि नै सर्वाधिक कारोबार हुँदै आएको सो कम्पनीको शेयर कारोबार साताको अन्तिम दिनसम्म आईपुग्दा पनि उच्च स्थानमै रह्यो ।

यो साता चार बीमा कम्पनीहरु सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पर्न सफल भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी यो साता कारोबारको आधारमा दोस्रो स्थानमा रह्यो भने आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी पनि टप १० मा पर्न सफल भएको छ ।

यो साताको फ्लोरसिट हेर्दा नेपाल पुनर्बीमा कम्पनीको ४४ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ब्रोकर नम्बर ५८ बाट सर्वाधिक बिक्रि भएको छ । यो साता कम्पनीको ४४ ब्रोकरबाट ३७ करोड ५५ लाख रुपैयाँको शेयर खरिद भएको छ भने ५८ ब्रोकरबाट ३० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पुनर्बीमा कम्पनीको शेयर ३८ नम्बर ब्रोकरबाट २८ करोड ८७ लाख रुपैयाँ र ३३ नम्बर ब्रोकरबाट २६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, ५८ ब्रोकर, ४९ ब्रोकर, ५९ ब्रोकर, ४२ ब्रोकर, ४५ ब्रोकर, ४३ ब्रोकर र ३४ ब्रोकरको सर्वाधिक खरिद भएको छ । त्यसैगरी, यो साता ३३ नम्वर ब्रोकरबाट सर्वाधिक १९ करोड ६९ करोड ३१ लाखरुपैयाँको शेयर बिक्रि भएको छ भने ४५ ब्रोकरबाट १७ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर बिक्रि भएको छ ।

त्यस्तै, ४८ ब्रोकर, ६ ब्रोकर, ४९ ब्रोकर, ३८ ब्रोकर, ५३ ब्रोकर, ३४ ब्रोकर र ४४ ब्रोकरको यो साता सबैभन्दा धेरै शेयर बिक्री भएको छ ।

One thought on “साताभरि सर्वाधिक कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको फ्लोरसिटले के भन्छ ?

  1. Madan sharma says:

    Good news. Keep it up

Leave a Reply to Madan sharma Cancel reply

Your email address will not be published. Required fields are marked *


*