कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो

१२ जेष्ठ २०७८, बुधबार १५:३७

काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् ।

महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन माध्यमबाट नै हुन थालेपछि डेटा प्रयोगकर्ताको संख्या ह्वातै बढेको हो । पछिल्लो तथ्याङ्कअनुसार दुई करोड ६३ लाखको पहुँचमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार नेपालका मोबाइल सेवा प्रदायक तथा इन्टरनेट सेवाप्रदायकले उक्त संख्यामा इन्टरनेट प्रयोगकर्ता पु¥याएका हुन् । तथ्याङ्क अनुसार हाल नेपालमा दुई करोड ६३ लाख ५६ हजार जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेटको पहुँच पुगेको छ ।

मोबाइल ब्रोडव्यान्ड तर्फ नेपालका तीन ठूला भ्वाइस सेवाप्रदायक कम्पनी रहेका छन भने फिक्सड् इन्टरनेट तर्फ २० भन्दा बढी कम्पनीले एफटीटीएच सेवा मार्फत घर घरमाा इन्टरनेट डेटा पुर्र्याइरहेका छन् । तथ्याङ्कअनुसार अहिले एफटीटीएच तर्फ ५९ लाख ४२ हजार ६४ जना प्रयोगकर्ता रहेका छन् । त्यस्तै नेपाल टेलिकमको एडीएसएल सेवा तर्फ ८ लाख १२ हजार सेवाग्राही रहेको छ ।

त्यसै गरी उपत्यका लगायतका विभिन्न विकसित क्षेत्रहरुमा एफटीटीएचको बढी प्रयोग भएपनि ग्रामिण क्षेत्रमा तथा फिक्सड् इन्टरनेटको पहुँच नपुगेका ठाँउमा मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल ब्रोडव्यान्ड सेवा दिइरहेका छन् ।

दुई मोबाइल ब्रोडव्यान्डमा नेपालमा अहिले थ्रिजीको पहुँच एक करोड १५ लाख ६५ हजार जनसंख्यामा रहेको छ भने फोरजी तर्फ ७६ लाख ६८ हजार प्रयोगकर्ता रहेका छन् । एफटीटीएच तर्फ अहिले २२ प्रतिशत, मोबाइल ब्रोडव्यान्ड तर्फ ६४ प्रतिशतको पहुँचमा डेटा इन्टरनेट पुगेको छ । तथ्याङ्कअनुसार हालसम्म नेपालमा ८७ प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । र कोरोना महामारीको समययता नेपालमा ४५ लाख डेटा प्रयोगकर्ता बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*