कृषि तथा पशुबाली बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झारियो

१६ जेष्ठ २०७८, आईतवार १६:०८

काठमाडौं । अर्थ मन्त्रालयले किसानलाई पशु तथा बाली बीमा अन्तर्गत बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था हटाइएको प्रष्ट पारेको छ ।

सरकारले २०७१ सालदेखि किसानलाई बीमा गराई जोखिम न्यूनिकरणको लागि प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको कृषि बीमा शुल्क अनुदान वर्तमान सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत कटौति गरेको हो ।

अर्थमन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले सरकारले सबै प्रकारको अनुदानलाई ५० प्रतिशतमा सीमित गर्ने सरकारी नीति भएकोले कृषि तथा बाली बीमाको प्रिमियममा दिइदै आएको अनुदान ५० प्रतिशतमा सीमित गरिएको जानकारी गराएका छन् ।

अर्थमन्त्रालयले आज पत्रकार सम्मेलन गरेर बजेटमाथि उत्पन्न विभिन्न टिप्पणीहरुको प्रष्टिकरण दिएको छ । सोही क्रममा कृषि बीमा शुल्कको सम्बन्धमा पनि थप प्रष्ट पार्दै कृषिमा बीमा शुल्क अनुदान गत वर्ष नै ५० प्रतिशतमा झारिएको जनाएका छन् । तर, गत वर्षको बजेट भाषणमा कृषि बीमा शुल्क ५० प्रतिशतमा झार्ने सम्बन्धमा कही कतै उल्लेख गरिएको थिएन ।

One thought on “कृषि तथा पशुबाली बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झारियो

  1. KESHAb thapa magar says:

    के हाम्रो नेपाल मा कृषि मा यसरी विकास होला त ।विदेश बाट निरयत गर्न छोडी दिनु पर्यो अनि थाहा होला।

Leave a Reply to KESHAb thapa magar Cancel reply

Your email address will not be published. Required fields are marked *


*