एनआईसी एशिया क्यापिटलले ल्यायो अनलाईनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने सुविधा

१८ जेष्ठ २०७८, मंगलवार १४:०९

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाईनबाटै लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ।शेयर बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा यससम्बन्धी जानकारी भएर पनि समयाभावका कारण शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लक्षित गरी लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

हालको अवस्थामा शेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने उद्देश्यले एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो ।

साथै यस सेवा अनलाइनमार्फत घरमै बसेर शेयर बजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

2 thoughts on “एनआईसी एशिया क्यापिटलले ल्यायो अनलाईनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने सुविधा

  1. Surendra Sejuwal says:

    Good

  2. AKKAL BAHADUR Bista says:

    Cangurataion NIC ASIA CAPITAL

Leave a Reply to AKKAL BAHADUR Bista Cancel reply

Your email address will not be published. Required fields are marked *


*