देशैभरिका सञ्चार सम्पर्क बिच्छेद, नेपाल टेलिकम र एनसेलका मोबाइल सेवा अबरुद्ध

९ असार २०७८, बुधबार ०७:१२

काठमाडौं । आज विहानैदेखि देशैभरिको सञ्चार सम्पर्क बिच्छेद भएको छ । एकै पटक नेपाल टेलिकम र एनसेलको मोबाइल सेवा बन्द भएका छन् । नेपालमा मोबाईल सेवा प्रदायक मुख्य दुई कम्पनीको सेवा अबरुद्ध हुँदा सिंगो देश सञ्चार सम्पर्क विहिन हुन पुगेको छ ।

मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । विहान ६ः१५ बजेदेखि नेपाल टेलिकमको जिएसएम मोबाइल सेवामा समस्या उत्पन्न भएको हो । त्यस्तै एनसेलको सेवा समेत अबरुद्ध हुन पुगेको छ । राजनीतिक तरलताका बीचमा मोबाइल सेवा एकाएक अबरुद्ध भएपछि जनता सशंकित बन्न पुगेका छन् । ९९ प्रतिशत जनताले सञ्चार साधनको रुपमा नेपाल टेलिकम र एनसेलको सिम प्रयोग गर्ने गरेका छन् ।

नेपाल टेलिकमबाट मोबाइल सेवा लिइरहेका डेढ करोडभन्दा बढि सिमहरु सम्पर्क बिच्छेद भएका छन् । त्यस्तै सोही संख्यामा रहेका एनसेलका सिम प्रयोगकर्ताहरुले समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जानकारी दिइरहेका छन् ।

नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा भने सुचारु रहेको छ ।

दुवै संस्थाहरुले मोबाइल सेवा अबरुद्ध भएको सम्बन्धमा कुनै जानकारी गराएका छैनन् ।

अपडेटः ७ः४३
विहान ६ः१५ बजेबाट अबरुद्ध मोबाइल सेवा मध्ये नेपाल टेलिकमको प्रिपेड सेवा र एनसेलको मोबाईल सेवा आंशिक रुपमा खुलेको छ । एक घण्टा २८ मिनेटको अबरुद्धपछि आंशिक रुपमा सेवा सुचारु भएपछि टेलिफोन नलागेको गुनासो सामाजिक सञ्जालमा देखिएको छ ।

अपडेटः ८ः३०
नेपाल टेलिकमको पोष्टपेड तथा प्रिपेड मोबाइल सेवा सुचारु भएको छ । सवा दुई घण्टापछि राजधानी उपत्यकामा मोबाइल सेवा सुचारु भएको हो । त्यस्तै एनसेल समेत सुचारु भएको छ ।

One thought on “देशैभरिका सञ्चार सम्पर्क बिच्छेद, नेपाल टेलिकम र एनसेलका मोबाइल सेवा अबरुद्ध

  1. शम्भु तामाङ says:

    प्रविधि को कमिकम्जोरी भएको होकी अरु कुनै हस्तक्षेप भएको हो ?

Leave a Reply to शम्भु तामाङ Cancel reply

Your email address will not be published. Required fields are marked *


*