१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

११ असार २०७८, शुक्रबार ०७:११

काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् ।

जीवन विकास लघुवित्तको आईपिओमा आज अर्थात असार ११ गते विहान १० बजेदेखि देखि असार १५ गते पाँच बजेसम्म आवेदन भर्न सकिने व्यवस्था गरिएको छ । अनलाईनबाट मेरो शेयर नामक डोमेनबाट असार १५ गते ५ बजेसम्म र आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थामार्फत सो बैंकको बैंकिङ्ग समयसम्म आवेदन दिने सकिनेछ । लघुवित्त कम्पनी त्यसमाथि पनि राम्रो प्रतिफल दिइरहेकोले पनि उक्त आईपिओमाथि माग भन्दा धेरै गुणा आवेदन पर्ने निश्चित छ ।

मागभन्दा बढि आवेदन परेको अवस्थामा न्यूनतम् १० कित्ताको दरले गोलाप्रथाको माध्यमबाट आवेदकहरुलाई शेयर बाँडफाँड गरिनेछ । १० कित्ताको दरले बाँडफाँड हुँदा जम्मा एक लाख ८४ हजार ८०१ जना आवेदकले मात्रै शेयर पाउनेछन् भने बाँकीको हात खाली हुनेछ ।

जीवन विकास लघुवित्त कम्पनीको अधिकृत पुँजि ६० करोड ८४ लाख रुपैयाँ छ । सो पुँजिको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ करोड ३० हजार रुपैयाँ बराबर प्रति शेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर जारी गर्दैछ । सो मध्ये ३० हजार ४२० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता शेयर अर्थात पाँच प्रतिशत सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ता आवेदन दिने सर्वसाधारणलाई वितरण गरिने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त आईपिओमा न्यूनतम १० कित्ता भर्दा नै उत्तम हुने देखिन्छ । मागभन्दा धेरै गुणा आवेदन पर्ने र गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड हुने हुँदा १० कित्ता भन्दा बढिको आवेदन दिनु निरर्थक हुनेछ ।

2 thoughts on “१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

  1. Laxmi Rajbanshi says:

    Good

  2. Bishnu says:

    Yakdam ramro lagyo khuleko ma but hami samanya bektilai ali varna samasya parni vayo sir/madam ali sajilo idea pauna paya huni thiyo gaau ghr tira teti ramro net ko subidha xaina kaso garni hola

Leave a Reply to Bishnu Cancel reply

Your email address will not be published. Required fields are marked *


*