मोरङमा सपोर्ट लघुवित्तको एकैदिन ६ शाखा विस्तार

१ श्रावण २०७८, शुक्रबार १३:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन थप ६ वटा शाखा बिस्तार गरेको छ । संस्थाले प्रदेश न १ को मोरङ जिल्लाका विभिन्न गाउँपालिकाहरुमा शाखा शुभारम्भ गरेको हो ।

मोरङको महेशपुर, भौडाहा, लखन्तरी, मोतिपुर, हात्तिमुडा र लक्ष्मीनियामा आफ्ना नयाँ शाखा संचालनमा ल्याएको हो ।

अहिले संस्थाको १० जिल्ला कार्यक्षेत्रमध्ये बागमति प्रदेशका शाखा कार्यालयहरु बिक्री हस्तान्तरण गरी प्रदेश १ कार्यक्षेत्र बनाएको जानकारी दिएको छ । साथै संस्थाले आगामि दिनहरुमा प्रदेश नं. १ का बाँकी जिल्लामा पनि शाखा बिस्तार गर्दै लैजाने र प्रदेश स्तरमा सबल र सक्षम रहि वित्तीय पहँुच पुर्याउने लक्ष्य राखेको छ ।

2 thoughts on “मोरङमा सपोर्ट लघुवित्तको एकैदिन ६ शाखा विस्तार

  1. Aru n bajagain says:

    Hamileni jov pauxu holani laghubitta satale ramrai kam garx gaugau ma bepna aarthik kamjor bhyako lai untiko bato sekaune kam garxa

  2. Bimal Tajpuriya says:

    Asti vareko vacuncy ko short list kohile sam aauxa sir

Leave a Reply to Aru n bajagain Cancel reply

Your email address will not be published. Required fields are marked *


*