पहिलो पटक जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्त, रामचन्द्र श्रेष्ठले कार्यभार सम्हाल्दै

९ श्रावण २०७८, शनिबार २२:५२

काठमाडौं । स्थापनादेखि नै सञ्चालकहरुको कोपभाजनमा परेको जनरल इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्ती भएको छ । बीमा कम्पनीहरुमा ७० वर्षमाथिका व्यक्ति सिईओ हुन नपाउने व्यवस्था भएपनि महाप्रबन्धकको रुपमा फस्ट म्यानको हैसियतमा ७४ बर्षिय एसके तमोटले काम गर्दै आएका थिए । गत पुसदेखि उक्त पद समेत रिक्त भई नेतृत्व विहिन भएको जनरल इन्स्यारेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्त गरिएको हो ।

बीमा समितिले सो कम्पनीका सिईओमा रामचन्द्र श्रेष्ठलाई स्वीकृति प्रदान गरेको छ । शुक्रबार स्वीकृति पाएसँगै उनले आइतबारदेखि औपचारिक कार्यभार सम्हाल्ने जनाइएको छ । कम्पनीले श्रेष्ठलाई चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो ।

श्रेष्ठ हाल सोही कम्पनीको कामु सीईओको रूपमा कार्यरत छन् । स्थापना भएको पाँच वर्षपछि कम्पनीले पहिलो पटक सिईओ पाएको हो ।

One thought on “पहिलो पटक जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्त, रामचन्द्र श्रेष्ठले कार्यभार सम्हाल्दै

  1. Hari kumar shrestha says:

    हार्दिक बधाई ।।
    C.E.O G .L.C. ,Ram Chandra shrestha sir
    Sir , i am interested G.L.C ,Insurance prouduct. G.l.Company is not our area. How can service & Branch Expanded Sindhupalchok ,Chautara headquarters. Sir,pls inform…
    Thanks
    Hari kumar Shrestha

Leave a Reply to Hari kumar shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *


*