नबिल बैंकका २० वटा नयाँ शाखा विस्तार हुँदै, वित्तीय पहुँच थप विस्तार हुने

दीपक बिष्ट
१८ श्रावण २०७८, सोमबार १३:००

काठमाडौँ । देशको अग्रणी वित्तीय संस्था नबिल बैंकले देशैभरि आफ्ना शाखा कार्यालय विस्तार तथा स्थानान्तरण गर्ने भएको छ । कोरोना महामारीका बीचमा बैंकिङ कारोबार थप विस्तार तथा आम जनतामा वित्तीय पहुँच बृद्धि गर्ने उद्देश्यले नयाँ शाखा विस्तार तथा स्थानान्तरण गर्न लागिएको बैंकका डेपुटी जनरल म्यानेजर आदर्श बजगाईले जानकारी दिए ।

बैंकका अनुसार युनाईटेड फाइनान्ससँगको मर्जरपछि बन्द गरिएका १२ वटा शाखाको सट्टामा नयाँ शाखा स्थापना गर्न लागिएको हो भने ८ वटा शाखाहरु स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

नयाँ शाखा विस्तार तथा स्थानान्तरणले पूर्णता पाएपछि देशका ग्रामिण क्षेत्रदेखि राजधानी काठमाडौंसम्म बैंकको शाखा सञ्जाल थप विस्तार भई वित्तीय पहुँच बृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ । हाल देशैभरिमा १२६ वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको बैंक देशको सबैभन्दा ठूलो बैंक हो । नेप्सेका अनुसार नबिल बैंक नेप्सेमा सबैभन्दा धेरै पुँजिकरण भएको कम्पनी हो भने शेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश दिने कम्पनी समेत हो ।

नबिल बैंकले देशको प्रमुख व्यापारिक तथा बजार क्षेत्र तथा ग्रामिण क्षेत्रमा आफ्ना शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको जनाएको छ । जसका लागि कार्यालय स्थापना गर्न घर भाडामा लिने प्रक्रिया सुरु गरेको छ । युनाईटेड फाइनान्सँगको मर्जरपछि बैंकले नजिकै परेका १२ वटा शाखा बन्द गरेको थियो । राष्ट्र बैंकको अनुमतिमा ति शाखाहरुको सट्टामा पुनः नयाँ विस्तार गर्न लागेको हो । त्यस्तै नजिकै पर्न आएका ८ वटा शाखा स्थानान्तरण गरिने बैंकले जनाएको छ ।

नबिल बैंकले काठमाडौंको धुम्बाराही र मुलपानी ललितपुरको गुसिंगाल भक्तपुरको चाँगुनारायण मोरङको बिराटनगर, बाराको जितपुर, मकवानपुको हेटौडा कास्कीको पोखरा, सुनसरी रामधुनी, झापाको गौरीगंज, मेचिनगर, कन्काई धनुषाको छिरेश्वरनाथ, मिथिला चितवनको राप्ती, रुपन्देहीको देवदह र सैनामैना, बाँकेको खजुरा सल्यानको शारदा र कंचनपुरको बेलौरीमा शाखा कार्यालय स्थापना गर्न बैंकले तयारी गरेको छ ।

6 thoughts on “नबिल बैंकका २० वटा नयाँ शाखा विस्तार हुँदै, वित्तीय पहुँच थप विस्तार हुने

  1. सबिना पाैडेल लाैडारि says:

    मलाई नबिल बैक अतिनै मनपर्ने बैंक हाे र मैले नबिल बैंकमा जागिर गर्न भित्रि अात्मदेखिनै रूचायकाे छु ।पटकपटक काेशिस गरेकाे छु । तर सकिन करारमा राख्न मिल्छ भने पनि मलाई सहयाेग गरिदिनु हुन अनुराेध गर्दछु । म अहिले मास्टर्स पढदै छु बिषय एकाउन्ट हाे । नबिल बैंक ले मलाई सहयाेग अबस्य गरनुहुनेछ भन्ने अासाबादि छु । धन्यवाद

  2. राजकिशोर पण्डित says:

    म नबिल बैंक मा कारार काम गर्न चाहन्छु म स्नातक तह प्रथम वर्ष हारिरहेको छु मेनेजमेन्ट कम्प्युटर साइन्स हो तपाईं मेरो विचारलाई राखिदिनु अनुरोध गर्दछु

  3. Aarati Neupane says:

    I am very happy with the opening of Nabil Bank’s new branch office. Hopefully some employment opportunities will be created and I sincerely want to connect with Nabil Bank. I am a student of bachloar 4th year. I have been rejected from many places because I don’t have my own relatives having strong power. So it will be very grateful if I Nabil bank provides employment opportunity for us.Thank you

  4. Arbind chaudhary says:

    First of all congratulation to nabil bank for openig new branches.hopefully we will get employment opportunity.I am interest to work in banking sector ,if i will get chance then i will do my best.

  5. Hemraj joshi says:

    मलाई सर हजुर को बैंक मा जागिर खान यक दमै मन छ सर subject account ho sir bachelor 1 st running xa sir plz sir

  6. Sitaramajhi says:

    Dear, sir I also need jod in this bank sir .

Leave a Reply to Aarati Neupane Cancel reply

Your email address will not be published. Required fields are marked *


*