मैलुङ खोलाको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

२६ श्रावण २०७८, मंगलवार ०८:०४

काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे कम्पनीको आइपीओ बाँडफाँड हुँदै छ।

सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको नतिजा अपरान्ह १ बजेसम्म आईसक्ने कम्पनीको भनाई छ ।

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार मैलुङ खोला https://mailungkhola.com , बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल https://www.siddharthacapital.com ,मेरोशेयरको वेबसाइट https://iporesult.cdsc.com.np , https://cdsc.com.np र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

नतिजा हेर्नको लागि तपाईले बिओआईडी नम्वर अर्थात डिम्याट खाताको पूरा नम्वर भने तयारी अवस्थामा राख्नुपर्नेछ ।

One thought on “मैलुङ खोलाको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

  1. Roshan tamang says:

    mailung khola hydropower

Leave a Reply to Roshan tamang Cancel reply

Your email address will not be published. Required fields are marked *


*