कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप

२९ श्रावण २०७८, शुक्रबार १७:३०

काठमाडौं । कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था भए बमोजिम १९,७८६ ऋणीको जम्मा ९३ अर्व ६३ करोड रुपैयाँ कर्जाको भुक्तानी अवधि थप भएको छ ।

यसमध्ये, न्यून प्रभावित विभिन्न पेशा, उद्योग र व्यवसायका ७,६८८ ऋणीको रु. ३० अर्ब ३ करोड कर्जाको भुक्तानी अवधि ६ महिना, मध्यम प्रभावित ७,८८७ ऋणीको रु. २८ अर्ब २७ करोड कर्जाको भुक्तानी अवधि ९ महिना र अति प्रभावित ४,०१२ ऋणीको रु. १४ अर्ब ४७ करोडकर्जाको भुक्तानी अवधि १ वर्ष थप भएको छ । कोभिड–१९ बाट अति प्रभावित पर्यटनलगायत तोकिएका उद्योग व्यवसाय क्षेत्रका १९९ ऋणीको रु. २० अर्ब ८६ करोड कर्जाकोभुक्तानी अवधि २ वर्षको लागि थप भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*