सामुदायिक लघुवित्तको सिईओमा निर्मल कुमार कार्की नियुक्त

३१ श्रावण २०७८, आईतवार ११:१६

काठमाडौं । सामुदायि लिघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाले आज नेप्सेमार्फत जारी गरेको सूचनामा यस्तो जानकारी गराएको हो ।

कम्पनीको संचालक समितिको साउन २९ गते शुक्रबार बसेको १७३ औं बैठकको निर्णयअनुसार उक्त पदमा झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौं मीनभवन बस्ने निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो ।

कम्पनीले कार्कीलाई साउन ३१ गते आइतबारदेखि नै लागू हुनेगरी ४ वर्ष अवधिका लागि करारमा नियुक्त गरेको हो ।

One thought on “सामुदायिक लघुवित्तको सिईओमा निर्मल कुमार कार्की नियुक्त

  1. Bishe Bk says:

    Congratulatios sir hajur karya kalko safaltako subhakamana

Leave a Reply to Bishe Bk Cancel reply

Your email address will not be published. Required fields are marked *


*