जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो

११ आश्विन २०७८, सोमबार ११:४५

काठमाडौं । काठमाडौंबाट विहान ८ः१५ बजे विराटनगरको लागि उडेको बुद्ध एयरको ९एन ए एन आई कलसाईन भएको एटिआर जहाज लगभग ४० मिनेटपछि विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । जहाजको ल्याण्डिङ गियर मध्ये एउटा गियर कोल्याप्स भएपछि पाईलट र यात्रुलाई मात्रै नभई विमानस्थल र सिंगो नगारिक उड्डयन प्राधिकरणलाई तनाव सुरु भयो । जहाजले अवतरण गर्दा धावनमार्गमा गुड्ने पाङ्ग्रा नखुलेका कारण जहाज कसरी अतवरण गर्ने भन्ने गम्भिर समस्या विमानस्थल, बुद्ध एयर र नागरिक उड्डयन प्राधिरकणका सामु आईपरेको थियो । नेपालको इतिहासमा विरलै आउने यस्तो समस्याबाट आज बुद्ध एयर गुज्रिएको छ ।

ल्याण्डिङ गियर नखुलेको जहाजलाई निश्चित प्रक्रिया पुरा गरेर सकुशल अवतरण गराउन त सकिन्थ्यो त्यसको लागि मनोवैज्ञानिक र प्राविधिक हिसाबले उच्च मनोबल हुनु जरुरी थियो । त्यसको लागि काठमाडौं विमानस्थल उत्तम हुने ठानियो । जहाज तत्कालै काठमाडौं डाईभर्ट गरियो । जहाजले काठमाडौंस्थित विमानस्थल एप्रोच लिने तयारी गर्ने वित्तिकै आपतकालिन अवस्थाको घोषणा गरियो । दमकल, एम्बुलेन्स तयारी हालतमा राखियो । उता, जहाजलाई इन्धन सकिउन्जेल आकाशमै फन्को मार्न भनियो । पाइटल निकै अत्तालिएको उनले उडान गरेको रेखाचित्रबाट स्पष्ट हुन्छ । उनले धावनमार्गमाथि उडान गरेर मनोबैज्ञानिक रुपमा बलियो बनाउने प्रयास गरेको प्रष्ट देख्न सकिन्थ्यो । करिब दर्जन पटक काठमाडौं विमानस्थल वरपर फन्को मारेपछि बुद्ध एयरको जहाज ल्याण्डिङको लागि तयार भयो । यस पटक भने न्यूनतम् बिन्दुको एप्रोच लिन जहाज चापागाउँमाथिको आकाशमा पुग्यो र विमानस्थलतर्फ सोझियो ।

जहाजले जब धावनमार्गमा टच डाउन गर्यो, पछिपछि दमकल र एम्बुलेन्सहरु दौडिए । जहाजमा एयर ट्राफिक कन्ट्रोलरहरुले टावरबाट आगो लागी भए, नभएको हेरिरहेको थिए । आगो लाग्ने वित्तिकै पानी तथा फोम भरिएका दमकलहरुले स्कर्टिङ गर्दै जहाजलाई सकुशल धावनमार्गसम्म पछ्याए ।

आपतलिन अवतरणको क्रममा पाइटल निकै अत्तालिएका थिए । एक अनुभवी पाइलटले बीमापोष्टसँग भने, ‘मेले नियालीरहेको थिए, उनी निकै अत्तालिएका विश्वास गुमाएको जस्तो देखिन्थ्यो, काठमाडौं विमानस्थलमा सकुशल अवतरण गरेर उनको कुशलता प्रदर्शन गरेका छन् ।’ नागरिक उड्डयन प्राधिकरण, एयर ट्राफिकसँग लगातार सम्पर्कमा रहेका पाइलटलाई तत्कालै मनोवैज्ञानिक रुपमा तयार पार्ने काम समेत गरिएको थियो । साथै बुद्ध एयरले समेट स्याटेलाईटमार्फत निरन्तर सम्पर्कमा राखेर मनिटरिङ गरिएको थियो ।

यसअघि केही पटक अभ्यास गर्ने गरेको त्रिभुवन विमानस्थलमा आज भने साँच्चैकै उद्धार नियन्त्रणको तयारी गरिएको थियो । जहाजमा आएको ल्याण्डिङ गियर नखुल्ने समस्या अनेकौं प्रयासपछि आकाशमै समाधान भएको नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीले बताए । प्राविधिक रुपमा जहाज ल्याण्ड गर्न समक्ष भएपनि सुरक्षाको जोखिम लिन नचाहनेर विमानस्थलले स्कर्टीङसहित जहाजलाई अवतरण गराएको थियो ।

सो जहाजमा ७३ यात्रु र चार जना चालक दलका सदस्यहरु सवार थिए । जहाज सकुशल अवतरण गरेपछि उनीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । साथै अर्को जहाजमार्फत विराटनगर पठाउने तयारी गरिएको छ ।

बुद्ध एयरको जहाजको सकुशल अवतरणसँगै नेपालमा आकाशमा सम्भावित हवाई दुर्घटना टरेको छ । आज विहान नेपाली आकाशमा मानवीय र भौतिक क्षतिको जोखिम बढेको थियो । पाइलटको कुशलता र नागरिक उड्डयन प्राधिकरणले अपनाएको सुरक्षित उपायका कारण बुद्ध एयरको जहाज सकुशल अवतरण गर्न सफल भएको छ । ल्याण्डिङ गियर कोल्याप्स हवाई जहाजहरुको लागि अवसम्भावी दुर्घटना मानिन्छ । विमानस्थलमा फोम विछ्याएर अवतरण गराउँदा समेत ठूलो दुर्घटनामा जोखिम हुने गर्दछ । हवाई दुर्घटना टरेसँगै नेपाली बीमा क्षेत्रले एउटा अप्रिय निर्णय समेत सुन्नु परेन र अर्बौको बीमा जोखिम टरेको छ ।

One thought on “जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो

  1. Shailendra Kharel 9860896494 says:

    It must be incestigated why the landing problem occurred keeping lives at risk. Why the maintenance and preflight inspection could not detect it ?
    It is negligence of maintenance side and secondarily the negligence of ground inspectors. CAAN must be responsible for it.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*