जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

१८ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय बीमा सम्राट गोबिन्द गिरी, देशको अर्थतन्त्रमा योगदान पुर्याउनेदेखि जनताको जीवनको रक्षावरण गर्न प्रयासरत
२७ आश्विन २०७८, बुधबार १४:४७

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन । ती अफ्टयारा घुम्तिहरु पार गर्न उनलाई बीमा कम्पनिले ठूलो सहयोग गरेको हो । मध्य नेपालको गुल्मीमा जन्मेका गोविन्द गिरी यतिबेला बुटवललाई कर्मथलो बनाएर बीमा व्यवसायमा तल्लिन छन् । आफ्नो जीवन बीमा क्षेत्रमा समर्पण गरेका गिरी आफू र आफ्नो परिवारको सुन्दर भविष्य, आफ्ना इष्टमित्र, आफन्तजन तथा आम सर्वसाधारणलाई बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्ने अनि देश निर्माणको लागि पुँजि जुटाउने महान् अभियानमा छन् । उनको यात्रा निरन्तर चलिरहेको छ, दैनिक रुपमा फैलदै र झाँगिदैछ ।

बीमा व्यवसायी भएसंगै उनको जिवन मात्रै होईन हजारौ मान्छेहरु जसले बीमा गराए वा बीमाको अभिकर्ता बने उनीहरु समेत सुरक्षीत भएका छन् । उनीसंग बीमा गरेका चार हजार जना भन्दा बढी र चार सय जना बीमा अभिकर्ताहरु यतिबेला जिन्दगीको घुम्तिमा कोहि कतै दुर्घटना भएपनि सुरक्षीत हुने बाटो तय गरेका छन् ।

भनिन्छ, मानिसको जीवनमा नयाँ मोड कतिबेला आउँछ त्यो त केवल नियतीलाई मात्रै थाहा हुन्छ । आफ्नो जीवनको सानो जोखिम रक्षावरण गर्न जीवन बीमा गर्दा उनको जीवनको गन्तव्य र लक्ष्य मात्रै फेरिएन अब जीवनको परिचय नै बदलिएको छ । गिरीको सपना अब बीमा क्षेत्रमा नयाँ इतिहास कायम गर्नेमा केन्द्रीत छ । गिरी सानैदेखि स्वतन्त्रता चाहन्थे । आर्थिक रुपमा स्वतन्त्र भई आफ्नो जीवनमा नयाँ गोरेटो खोज्दै थिए । यसैबीचमा एक जना दाजु नाता पर्ने छिमेकी बिष्णु प्रसाद भण्डारीले २०५९ सालमा जीवन बीमा गर्न प्रस्ताव लिएर आए । पैसा त थिएन, तर बचतसँगै जीवनका जोखिमको रक्षावरण कुराले उनलाई आकर्षित गर्यो । भण्डारी दाइ एलआईसीका एजेन्सी म्यानेजर थिए । गिरीले उनैबाट एक हजार ७०५ रुपैयाँ पहिलो किस्ता तिरेर जीवन बीमा क्षेत्रमा प्रवेश गरे । अवसर खोजिरहेका गिरी अब एलआईसीमा जोखिम हस्तान्तरण गरेका बीमित गोविन्द गिरी बने । गिरी एलआईसी नेपालका सतक बिर उपाधी २०६५ गोल्ड मेडलिस्ट २०७० एमडिआरटी अफ यूएसए कोर्ट अफ द टेबल (सि ओ टि) तथा बीमा सम्राट अभिकर्ता हुन् ।

जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ । युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् । त्यही युवालाई प्रतिनिधित्व गर्ने एक युवा हुन्– गोबिन्द प्रसाद गिरी ।

जीवन बीमा गरेपछि गिरीलाई जीवन बीमाबारेमा थप जिज्ञाशाहरु बढ्दै गयो । उनै भण्डारीले गिरीलाई बीमा अभिकर्ता बनाए । गिरी प्रष्ट बक्ता, झूठो नबोल्ने र मानिसहरुलाई कन्भिन्स गर्न सक्ने क्षमताका धनी भएकै कारण एजेन्सी म्यानेजर भण्डारीले उनलाई अभिकर्ता बन्न र बीमा व्यवसाय गर्न प्रस्ताव राखे ।

अवसर खोज्दै गरेका गोबिन्द गिरी बीमति गोबिन्द गिरी हुँदै अब बीमा अभिकर्तामा बदलिए । बीमा व्यवसायमा सुरुवातदेखि नै जमेका गिरी २०६५ सालमै एलआईसी नेपाल कम्पनीको उच्च व्यवस्थापनको नजरमा पर्न सफल भए । बीमा अभिकर्ताहरुको लागि लक्षित गरेको शाखा प्रबन्धक क्लबमा आबद्ध हुन सफल भएका थिए । बीमा क्षेत्रमा करिअरको सुरुवाती अवस्थाको बारेमा कुरा गर्दै गिरीले भन्छन्, ‘निजि क्षेत्रमा जागिर गर्न भएकाले सुरुवाती दिनहरुमा पर्दा पछाडीबाट मात्र काम गरे भने सन् २०१२ देखी खुलेर बीमा क्षेत्रमा आवद्ध भएको हु । पछिल्लो समय म बीमा क्षेत्रमा सक्रिय भएर लागि रहदा बीमा मलाई मैले उच्च सम्मानका साथ जागिरलाई भन्दा बीमालाई प्राथमिकता दिदै बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढ्ने योजना छु ।’

गन्तव्य पहिचान नगरी भौँतारिरहेका युवाका लागि उनी आदर्श र प्रेञज्ञरणाको स्रोत बनेका छन । उनको प्रष्ट दृष्टिकोण र लाइफ प्लानले ‘करिअर’लाई अघि बढ्न सहयोग पुगेको छ ।

जीवन बीमा गराउँदै घाम पानी नभनी दौडिरहने गिरी जीवन बीमा गर्दिन भनेर उत्तर दिँदा कहिल्यै निराश नभएको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘बीमा गराउने दौडानमा लागि रहदा बीमा गराउनुभएका ब्यक्तिलाई उच्च सम्मान गर्छु र नगराउनु भएकालाई बीमा गर्नुहोस भन्दै बीमाको बारेमा बुझाउने गरेको हुन्छु, कतिपय त मान्नु हुन्न, उहाँहरुको अस्वीकारलाई मैले नयाँ शिक्षाको रुपमा लिँदै अघि बढ्ने गरेको छु ।’

नेपालको बीमा क्षेत्रमा आज एक नक्षत्र बनिसक्नु भएका गिरीले सुरुवाती दिन सम्झदै भने, ‘सन् २००५ मा अभिकर्ताको लाइसेन्स हात पारेको थिए, मैले पहिलो बीमा लाईसेन्स लिएको १ बर्ष पछि बीमा गराएको थिए र बिमित उहाँसँग जम्मा तीन हजार रुपैयामा ३० बर्ष अवधि राखेर बीमा गरेको थिए जुन अहिले पनि चालुअवस्थामा रहेको छ ।’

बीमा क्षेत्रमा लागेको १८ बर्षको अवधीमा उतिबेलाका बीमितहरु र पछिल्ला बीमितहरुमा धेरै फरक देखा परेको अनुभव छ, गिरीसँग । ‘अहिले बीमितहरु सचेत हुनुहुन्छ पहिलेका दिनहरुमा हामीले सबै कुरा बुझाएर एक हस्ताक्षर मात्र गराउनु पर्ने थियो भने अहिले बीमितहरुले आफै पढेर, बोनस बुझेर सबै कुरा नियालेर अध्ययन गरेर मात्र बीमा पोलिसी किन्न तयार हुनुहुन्छ,’ बल्ल बीमितहरु जागरुक भए जस्तो लाग्छ ।

आफ्नो १८ वर्षे बीमा अभिकर्ताको जीवन यात्रामा सन्तुष्ट देखिएका गिरीले अगाडि भन्छन्, ‘मैले यो बर्षमा मात्र १५० भन्दा बढी पोलिसी म्याचुरेटी हुदा बीमितले भुक्तानी पाउने रकम डबल पाउने भनेता पनि कर लगायतका कुराले ठ्याक्कै दोब्बर नपुगे पनि सबै बीमितहरु खुसी रहेको पाउँछु, लगातार बचत गर्न बानि बसेको छ यो एक सकारात्म पक्ष हो, यसले देशको पुँजि निर्माणमा पनि योगदान पुगेको मैले अनुभूति गरेको छु ।’

नेपाली जीवन बीमा क्षेत्रका जति कुरा गरे पनि नथाक्ने, नव प्रवेशी बीमा अभिकर्ताहरुलाई तालिम र प्रशिक्षण दिन समेत समक्ष एक बौद्धिक एजेन्सीको रुपमा गिरी अगाडि भन्छन्, उनबाट नयाँ पुस्ताले धेरै सिक्न सक्छ । बुटवल बाट १५।१६ बर्सेकै उमेरमा इन्स्योरेन्स करिअरमा काम गरेका गिरि इन्स्योरेन्स छेत्रको लागि परिचित नाम हो । गिरिले ‘विनापरिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरे । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा उनलाई सफलताको सिँढी चढ्न सघाउ पुगेको छ । गिरि आफ्नो दायित्व पूरा गर्दै बिमा छेत्रकोमूल्य मान्यता प्रती सदैब उनको दृढता छ ।अभिकर्ता भएकै कारण मात्र अवसर पाउनु पर्छ भन्नेमा उनले विश्वास गर्दैनन । तर, आफ्नो जिम्मेवारीलाई सफलताका साथ पूरा गरेर अघि बडेमा आफ्नी भबिस्य सुनिस्चित हुनेमा आशावादी छन् । ‘मैले बीमा क्षेत्र बाहेक अन्य क्षेत्रमा जोडिएको भए म सन्तष्टी हुन सक्दैन थिए किनभने बीमाले म लाई अन्तर्राष्ट्रिय भ्रमण दुबाई इजिप्ट थाइल्यान्ड इन्डोनिसिया, मलेसिया, श्रीलंका , मालदिभ्स, सिगांपुर जस्ता ठुला ठुला देशहरुमा गई अध्ययन अध्यापन गर्न अवसर सिर्जना भएको छ यसका साथै बीमा अभिकर्ताको रुपमा काम गरि रहदा मेरो घर परिवारलाई खुसी दिन सकेको छु उनिहरुले मबाट ५ रुपैया लिन प्रस्ताव राखेको छ भने मैले ५० रुपैया दिन इच्छा राखेको छु, किनकी बीमा व्यवसायमा आबद्ध व्यक्तिले आफ्नो बौद्धिक नैसर्गिक हिसाबले समृद्धि भएर आफू र परिवारलाई खुसी दिन सकेकाले मैले बीमा व्यवसायमा रमेर, जमेर गर्व गरिरहेको छु । यसैले त आज बीमा देशको अर्थतन्त्रको मेरुदण्ड बनेको छ भने आम जनताको जीवनको रक्षाकवच बनेको छ ।’

जीवन बीमाको दौरानमा उनले कति अरुको बीमा गराए त कति आफन्तहरुकै पनि बीमा गराएका थिए । अरुलाई जीवन बीमाको महत्व र आर्थिक रक्षावरण पढाउँदै हिड्ने गिरीको एक जना भिनाजुको दुर्घटनाको कारणले मूत्युभयो जसमा २ लाखको बीमा गरेकोमा प्रिमियर १३ हजार मात्र भुक्तानी गरेको थिए २ लाखको बीमा गरेकोमा ४ लाख रकम कम्पनीले भुक्तानी गर्यो । ‘मैले मेरो दिदि लाई रकम बुझाउन पाए दिदिले आज त्यो रकमले अहिले भान्जा भान्जी पढाउने अवसर पाए त्यहि घटना नै बीमा पोलिसी बढाउन प्रेरित गर्न अस्मणीय क्षण बन्न पुग्यो ।’ गिरी सम्झन्छन् ।

बीमा अभिकर्ताले बीमा पोलिसी ल्याप्स हुन दिन नहुने कुरामा गिरी सबैलाई चनाखो हुन आह्वान गर्दछन् । बीमा क्षेत्रलाई कर्मथालो बनाएर अघि बढिरहेका गिरीले पोलिसी ल्याप्स हुने घटनाको सम्बन्धमा आफ्नो अनुभव यसरी सुनाए– पोलिसी ल्याब्सेसको कारण एजेन्टहरुको सही मूल्याङ्कन र अर्को देशको फ्लक्चुएशन हुने आर्थिक अवस्था पनि हो । यस वर्ष भव्य आम्दानी छ, अर्को वर्ष आम्दानी छैन, पुरै सुख्खा छ, प्राकृतिक रुपमा पोलिसी ल्याप्सेस हुने र कृतिम रुपमा दुई खालको हुन्छ ।

त्यसैले अभिकर्ता नै सचेत बन्ने हो भने पोलिसी ल्याप्स कम हुन जान्छ । बीमा अभिकर्ताको ल्याप्सेस किन हुन्छ भने पहिलो प्रिमियरलाई ध्यान दिई रहदा दोस्रो प्रिमियमलाई ओजेलमा पारेको हुन्छौ । त्यो प्रिमियम भुक्तानी गर्न नसक्दा पनि ल्याप्सेस हुन्छ भने बीमा भुक्तानी गर्दा अभिकर्तालाई बुझाइ दिन भनि रहने अभिकर्ताका कैयौ ग्राहक हुुने भएकाले अभिकर्ताहरुले रकम बुझाउन नसक्ने तर ग्राहकहरुले बुुझाएको सोच्ने तर रकम नबुझाएको हुदा पोलिसी ल्याप्सेस हुन चान्स बढी रहेको छ । यसतर्फ कम्पनी र बीमा अभिकर्ता दुवै सचेत हुन जरुरी छ ।

बीमा क्षेत्रमा धेरै नै सुधार जरुरी रहेको बताउँदै गोविन्द गिरीको नजरमा नियामक निकाय बीमा समिति अझै चनाखो बन्नु जरुरी छ । बीमा समितिलाई सुझाव दिँदै गिरी आफ्नो यसरी राखे, ‘बीमाको दायरा बढाउन बीमा समितिले पहिलो काम शहरमुखी भएको बीमा सेवालाई गाउँमुखी बनाउनु पर्छ । अझै पनि ग्रामीण क्षेत्रमा एजेन्टहरु पुगि सकेको अबस्था छैन त्यस्ता क्षेत्रमा पनि बीमाको पहुँच पुर्याउनका लागि बीमा समितिले सचेतनाका कार्यक्रमहरु ल्याउनु जरुरी छ र बीमा कम्पनीहरुले पनि प्रिमियमलाई मात्र प्राथमिता राखेर सहरमुखी बनाएको हुदा बीमालाई सूचनाको हक प्रयोग गरी विभिन्न माध्यमबाट प्रचार प्रसार गरी बीमाको दायरा बढाउन मद्दत गर्नु पर्दछ । दोस्रो कुरा आज बीमाको दायर हेर्दा २७ प्रतिशत भन्दा बढी छ तर पनि बीमा कम्पनीहरु कुनै नाम चलेका अभिकर्तालाई विभिन्न प्रलोभन देखाई आफ्नो कम्पनीमा आबद्ध गराउन खोज्ने गरेको पाइन्छ । त्यो गलत प्रयोग भैरहेको छ । यसले गर्दा बीमाको पहुँच बृद्धि हुन सकेको छैन ।

नव प्रवेशी बीमा अभिकर्ताहरुलाई सुझाव दिँदै गिरीले भने, ‘बीमा क्षेत्र एक सामाजिक पुण्यको पेशाका काम भएकाले सफल अभिकर्ता हुनको लागि ग्राहकहरुसंग नियमित सम्र्पकमा रहने ग्राहकहरुसंग कहिलै नरिसाउने समधुुर सम्बन्ध कायम गरी राख्नु जरुरी छ ।’

बीमा क्षेत्रमा रहेका विकृतिलाई सबै मिलेर परास्त गनुपर्ने गिरीको भनाई छ । मुख्य रुपमा अभिकर्ता तानातान गर्ने, टिम फुटाउने र प्रतिपक्ष वा विपक्षीलाई कमजोर पार्ने खेलहरु हुने गरेको सम्झदै गिरी अरुको भत्काएर होइन, आफैले बलियो टिम बनाएर स्वस्थ प्रतिस्पर्धा गर्दै अघि बढ्नुपर्ने बताउँछन् । ‘बीमा क्षेत्रमा सबै भन्दा समस्या भनेको नै आफुले उत्पादन गरेका एजेन्टहरुलाई विभिन्न प्रलोवन देखाई नयाँ कम्पनीहरुले आफुतिर आबद्ध गराउने अन्य कम्पनीको टिमलाई भत्काउनु रहेको देखिन्छ । बीमा क्षेत्रको समस्याहरुको चिरफार गर्दै गिरीले बीमापोष्टसँगको कुराकानीको क्रममा भने । बीमा समितिले बीमा अभिकर्तामाथि हेर्ने दृष्टिकोणमा थप परिवर्तन जरुरी भएको विश्लेषण गर्दै गिरी भन्छन्, ‘रेगुलेटर बोर्डले दिएको स्किम भित्र रहेर बीमक कम्पनीबाट अभिकर्ताले पाएको सेवा सुविधाबारे अनावश्यक चर्चा र परिचर्चा गर्ने, अभिकर्तालाई हतोत्साहित गर्ने कार्यले लामो समयमा काम गर्ने मनोबल उच्च पार्न तथा हाम्रो बजारमा सचेतनाको कमी भएका कारणले पनि अभिकर्ताहरु आबद्ध हुन कठिनाइहरु रहेका छन् ।’

हजारौं बीमा अभिकर्ता उत्पादन गर्दै जनताको जीवनको जोखिम रक्षावरण गर्न तथा जीवन बीमा बचतमार्फत देशको लागि पुँजि निर्माण गर्नमा अहोरात्र खटिरहेका छन् । सुरुवाती दिनमा मासिक ३० हजार कमाउन नसक्ने गोविन्द गिरी आज बार्षिक ३० लाख भन्दा बढि कर राज्यलाई तिरेर जिम्मेवजार नागरिक बनेका छन् भने बेरोजगार युवाहरुलाई हौसला, प्रेरणा, उत्साह प्रदान गर्दै हजारौं अभिकर्ताहरुलाई बीमाप्रति एकाकार पार्दै अघि बढिरहेका छन् । ‘हिजो म आजको ममा मैले हजारौ अभिकर्ता जोडेर उनिहरुलाई एक गर्ब बातावरण सिजर्ना गरेको छु यहि नै मेरो सफलता हो ।’

‘आफूले काम गरेको क्षेत्रले बजार प्रबधन हुने इच्छा हुनु स्वाभाविक हो,’गिरिले भने, ‘त्यसका लागि मिहिनेत गरिरहेको छु ।’ सन् २००५ मा बुटवल को एक कार्यक्रम बाट लाइसेन्स लिइ ‘इन्स्योरेन्स करिअर’मा प्रवेश गरेको गिरि अहिलेको प्रतिस्पर्धी बजारमा एक बिमा अभिकर्ताको उच्च पदमा पुग्न सामना गर्नुपर्ने चुनौतीका बारेमा भने सचेत छन । ‘चाहेर मात्र पद प्राप्त हुँदैन,’ उनले भने, ‘पदीय जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ ।’ इन्स्योरेन्स क्षेत्रमा काम गरेपछि आफ्नो नाम र आम्दानीको चाहना राख्नु स्वाभाविक हो मिहिनेत गर्दै जाद कुनै माया मोह पद भन्दा पदबी थुलो हेने उनी बताउँछन् ।

जनताको जीवनको रक्षावरण र देशको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले जीवन बीमा सेवामा समर्पित गिरीको बीमापथको यात्रामा अझै सफलता मिलोस्, बिजया दशमीको हार्दिक शुभकामना ।

 

2 thoughts on “जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

  1. मदन सत्याल, इटहरी says:

    गोविन्द गिरी सरको कथा पढ्दा साँच्चै बीमा क्षेत्रमा लागेर केही गरौं भन्ने सोच पलाएको छ । म यतिबेला युनियन लाइफमा बीमा अभिकर्ताको रुपमा कार्यरत छु । कहिले काँही प्रशिक्षण र तालिममा असम्भव केही छैन भनेर भनेको मात्रै सुन्दथे । आज यथार्थमा, हाम्रै समाजमा वरपर बीमा क्षेत्रमा लागेर चमत्कारिक प्रगति गर्नेहरु देख्न अनुभूति गर्न पाएँ । सारै खुशी लाग्यो सर । हामी जस्ता नव प्रवेशीहरुलाई प्रेरणायोग्य सुझावहरु पनि दिनु भएको रहेछ । धन्यवाद गोबिन्द सर ।

  2. buddhi shrestha says:

    धेरै राम्रो र प्रेरणादायी लेख । हामी जस्ता नव प्रवेशी अभिकर्ताहरुले पढ्नै पर्ने रहेछ । बीमा क्षेत्रमा लागेर केही गरौं भन्ने जोश पलाएको अवस्था है ।

Leave a Reply to मदन सत्याल, इटहरी Cancel reply

Your email address will not be published. Required fields are marked *


*