‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता

४ कार्तिक २०७८, बिहीबार १६:३३

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको छ । बीमितको हितलाई केन्द्रमा राखेर ल्याएको यस बीमा योजनामा बीमितिहरुको रोजाईमा परेका कारण सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा बिक्री वितरण गर्दै आएको सानिमा दीर्घायु जीवन बीमा योजना आम सर्वसाधारणको रोजाईको विषय बनेको हो ।

आफू र आश्रित परिवारको सुनिश्चित भविष्यको लागि सानिमा लाइफले ‘सानिमा दीर्घायु जीवन बीमा’ योजना निकै उपयोगी रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा १६ बर्षदेखि ६५ बर्षसम्मका उमेर समूहका ब्यक्तिहरुले बीमा गर्न पाउने छन् । ‘सानिमा दीर्घायु जीवन बीमा’ योजनाको न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ बर्ष रहेको छ । त्यस्तै, अधिकतम बीमाशुल्क भुक्तानी अवधि ५४ बर्षसम्म रहेको छ ।

https://sanimalife.com/sanima-dirghayu-endowment-cum-whole-life-life-assurance-plan/

उक्त योजनाको अधिकतम आजिवन बीमा अवधि १ सय बर्ष रहेको छ । कम्पनीका अनुसार न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ र अधिकतम बीमाङ्क आयस्रोतका आधारमा हुने भएकोले बीमितको आयस्रोत मैत्री समेत रहेको छ । बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी विभिन्न ३ चरणमा बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले दुई लाख रुपैयाँको बीमामा एक हजार रुपैयाँ प्रतिबर्ष, तीन लाखभन्दा माथिको योजनामा दुई हजार रुपैयाँ प्रतिबर्ष छुट दिने जनाइएको छ । त्यस्तै, बीमितले वार्षिक बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशत र अर्धवार्षिक बीमाशुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट पाउनेछन् । तर त्रेमासिक बीमाशुल्कमा भने कुनै थपघट नहुने बताएको छ । उक्त योजना अन्तर्गत कम्पनीले समर्पण मूल्य तथा कर्जा प्राप्त गर्नेछ ।

बीमा रकम भुक्तानीको अवस्थामा कम्पनीले विभिन्न तीनवटा शर्त अघि सारेको छ । जसमा, बीमा समाप्ति मिति सम्म बीमित जीवित भएमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमाङ्ग र नियमानुसारको बोनस एकमुष्ट प्रदान गरिने छ । त्यस्तै, बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमा र नियमानुसारको बोनश एकमुष्ट बीमितको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।

त्यसैगरी, बीमा समाप्ति मिति पछि बीमाशुल्क तिर्नु नपर्ने गरी जीवन बीमाको कानूनी दायित्व बहन गरीनेछ । बीमालेखको शर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिला बीमितको मृत्यु भएमा बीमा रकम बीमितको कानुनी हकवालालाई प्रदान गरिनेछ । त्यसरी थप बीमा रकम प्रदान गर्न बीमालेख अन्तर्गतको सम्पूर्ण बीमाशुल्क बीमकले बुझाएको हुनुपर्ने छ ।

कम्पनीका अनुसार पुरक करार अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरेर दुर्घटना मृत्यु लाभ सुविधा उपभोग गर्न सकिनेछ । यस्तो सुविधा पुरक करारमा उल्लेख भएको रकम बराबर मात्र हुनेछ । त्यस्तै, अतिरिक्त बीमाशुल्क तिरेर पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा लिन सकिने कम्पनीले जनाएको छ । यस योजना अनुसार दुर्घटनाबाट बीमित अंगभंग वा स्थायी अशक्तता भएमा बीमालेख तथा पुरक करारको परिधि भित्र रही पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा प्रदान गरिनेछ ।

यस बीमा योजनाबारे थप जानकारीका लागि,

https://sanimalife.com/sanima-dirghayu-endowment-cum-whole-life-life-assurance-plan/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*