आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

७ कार्तिक २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार २ अर्बमा मात्र सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको एकैदिन १५ करोड ९१ लाख ८६ हजार ६०५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ६४ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड २२ लाख र नबिल बैंकको ८ करोड ७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*