उन्नती सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

१२ कार्तिक २०७८, शुक्रबार १०:४५

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्न लागको हो ।

कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट वितरण योग्य पूँजीगत जगेडाकोषबाट हाल कायम चुक्तापूँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

One thought on “उन्नती सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

  1. Umesh kumar yadav says:

    M pani jaagir gar chu

Leave a Reply to Umesh kumar yadav Cancel reply

Your email address will not be published. Required fields are marked *


*