नेपालमा कोरोना बीमाको अभ्यास र यसले सिकाएको पाठ

सुदर्शन बस्नेत
१५ कार्तिक २०७८, सोमबार १२:२२

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिम विरुद्धमा गरिने आर्थिक र सामाजिक सुरक्षा हो । मानिसको दैनिक जिवनमा विभिन्न प्रकारका जोखिमहरु रहेका हुन्छन जस्तै व्यक्तिको जिवन, सम्पती, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाको लागी गरिने विभिन्न संयन्त्र मध्ये बीमा एक महत्वपुर्ण सयन्त्रको रुपमा रहेको हुन्छ ।

विश्वमा सन् २०१८ को डिसेम्वरमा सुरुवात भएको कोरोना महामारीले आज सम्पुर्ण विश्व भम्रण गरिसकेको अवस्था छ भने अझै कोराना संक्रमणको रहिरहेको छ । यस महामारीको समस्याबाट नेपाल पनि अछुतो रहन सकेन नेपालमा भने सन् २०२० जनवरी १ बाट कोराना भाइरसको संक्रमण फेला परेको थियो । यसै महामारीलाई मध्यनजर गर्दै नेपालमा वि.स. २०७७ बैशाखमा कोराना बीमा लेख जारी गरिएको थियो ।

शुरुवाती दिनमा यस बीमा लेखमा बीमीतको खासै आर्कषण नदेखिएता पनि कोराना सङक्रमण र सङक्रमितहरुको संख्याको ग्राफ बढदै जाँदा कोरोना बीमा गराउने बीमितको आर्कषण पनि बढेदै गएको थियो । समकालिन परिस्थितिलाई मध्यनजर गर्दै कोराना बीमा कार्यविधि अनुसार कोराना बीमालेख अन्तर्गत एक लाख र पचास हजार गरी दुई प्रकारको बीमालेख जारी गरिएको थियो । जसमा प्रति व्यक्ति हजार, पाँच सय बीमा शुल्क तोकिएको थियो भने पारिवारका सम्पुर्ण सदस्यहरु र संस्थागत बीमा गर्दा रु. एक लाख सम्म प्रतिव्यक्ति ६०० र पचास हजारको प्रति व्यक्ति ३०० रुपैयाँ बीमा शुल्क तोकिएको थियो ।

बीमा भुक्तानीका लागी बीमालेख खरिद गरेको १५ र ३० दिन पछि कोराना परिक्षण गर्दा पिसिआर रिर्पोट पोजेटिभ देखिएमा मात्रै भुक्क्तानी पाँउने व्यवस्था गरिएको थियो । यस बीमा लेखको समय अवधि चैत्र मसान्त र अषाढ मसान्त सम्म हुने गरि तोकिएको थियो । सुरुवाती दिनमा नियामक निकायले यस बीमालेखको प्रचार प्रसार विभिन्न सञ्चार माध्यमबाट राम्रै सग गरिएको थियो र सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख जारी गर्न निर्देशन समेत गरिएको थियो । जसमा बीमा कम्पनीहरु पनि कोरानाको महामारी बाट आफनो व्यवसायमा पर्न गएको असरलाई कम गर्न र आफनो व्यवसायिक लक्ष्य पुरा गर्न सम्पुर्ण बीमा कम्पनीहरु प्रतिस्पर्धा गर्दै कोविडको महामारीमा पनि फरक फरक शैलीमा आफना बीमीतहरुलाई बीमीतकै आवश्यकता अनुसार बीमालेख उत्साहका साथ बिक्री गरिएको थियो ।

तर नेपालमा भने कोरानाको संक्रमणले आफनो आकार फैलाउदै गईरहेको अवस्थामा नियामक निकाय र बीमा कम्पनी पनि बाध्य भएर कोराना बीमा मापदण्ड नै छ पटक भन्दा बढि संसोधन गर्नु पर्ने अवस्था सृजना भएको थियो । त्यसकारण बीमा पोलिसी जारी देखि आज दावी भुक्तानी सम्म आँउदा समस्या नै समस्याले जेलिदै आएको छ । विश्वमा काँही पनि महामारीको बीमा नहुने अभ्यास छ भने नत यस बीमालेखको पुर्नबीमा नै हुन्छ । कोराना बीमा गराउनेको संख्या १७ लाख ५८ हजार रहँदा दावीको लागी १७ लाख अन्ठाउन हजार दावी परेकोमा जम्मा ३५ हजारले दावी भुक्क्तानी पाइसकेका आकाँडा छ । यस तथ्यांकलाई हेर्दा अझै ११ अर्व भन्दा बढि भुक्तmानीको रकम दिन बाँकी रहेको छ यिनै कुराहरुलाई आधार मानेर हेर्दा कोराना बीमाको समय अवधि समाप्त र नविकरण नहुने भएता पनि यस बीमालेखले बीमा क्षेत्र र अन्य सरोकारवाला पक्षलाई राम्रो शिक्षा भने दिएको छ ।

बीमा समितिको भूमिका
बीमा क्षेत्रको नियामक निकाय भनेको बीमा समिति हो । नियामक निकायले विश्वमा महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन रहेता पनि नेपालमा भने कोराना महामारीको बीमा गर्ने नीति बीमा समितिले नेपालमा बीमा लेख जारी गरी नँया अभ्यास गरेको थियो । कोरानाको संक्रमण हुदै जाँदा यसको उपयोगिता र आर्कषण बढदै गईरहेको थियो । आज सम्म भुक्क्तानी बीमीतले नपाँउदा शुरुवाती दिनमा बीमा गर्दा बीमीतले जुन सकरात्मक छाप बनाउदै गएका थिए आज त्यो बीमालाई हेर्ने दृष्टिकोण र विश्वास गुम्ने डर भएको छ ।

यधपि नियामक निकायले यस बीमालेख जारी गर्नुपूर्व महामारीको निश्चित आकार हुदैन भविष्यमा जस्तोसुकै आकार लिन सक्दछ भन्ने जोखिमको अध्ययन अनुसन्धान र विश्लेषण राम्रो नगरिदा नियामक निकाय र बीमा समितिमा कार्यरत बीमा विज्ञहरु र सुझाव दिने सरोकारवाला पक्षको विशेषज्ञतामा नै प्रश्न उब्जिएको छ ।

जुन बीमालेखको प्रोडक्ट तयारी अवस्थालाई हेर्दा यसमा तोकिएको प्रिमियम शूल्क, आवश्यक शर्त र भुक्क्तानी गर्ने रकममा थप आवश्यक विश्लेषण गरी बीमा लेख जारी गरिएको भए आज कोराना बीमाको भुक्क्तानीमा समस्या आउने थिएन कि ? नियामक निकायले यस बीमा लेख जारी गर्नु पूर्व यस महामारीको समयमा हामी सग रहेका आवश्यक पूर्वाधार जनशक्ति, संरचना ,समय र लागतको विश्लेषण गरेर मात्र बीमा पोलिसी जारी गरिएको भए आजसम्म यस बीमालेखमा यति धेरै समस्या आउने थिएन । भोलिका दिनमा यस बीमालेख बाट नियामकले यसमा भएका कमिकमजोरी बाट राम्रो पाठ ग्रहण गर्नु पर्ने महसुस भएको हुनु पर्दछ ।

बीमा कम्पनीको भूमिका
नियामक निकायले बीमालेख जारी गरेपछि बीमा कम्पनीहरुले पनि नँया अभ्यास र आफनो सामाजिक उतरदायित्व मान्दै बीमालेख बिक्री गर्न उद्धत थिए । यसरी कोराना बीमा लेख जारी गर्दा नियामक निकायलाई यस बीमा प्रोडक्टको ढाँचामा भएका कमि कमजोरी, शर्त, शुल्क, समय आदिको सम्वन्धमा जोखिम विश्लेषण र परिमार्जन गर्न सकिएको भए र नियामकलाई आवश्यक सकरात्मक सुझाव सल्लाह दिएको भए आज बीमा कम्पनीहरुलाई आफनो व्यापार र प्रिमियम संकलन लाई मात्र हेरिएको हो की भन्ने नकरात्मक बुझाई जनमानसमा पर्ने थिएन ।

यस बीमालेखको बाराम्बार संसोधन गरिएता पनि नेपाल सरकारले आफनो बजेटमा कोराना बीमालाई समावेश गरी सम्पुर्ण कर्मचारीहरुको निशुल्क रु. १ लाख सम्मको कोराना बीमा गरिदिने र अझ प्रिमियम रकममा अनुदान दिने भन्दै संरक्षकको हिसावमा सम्झौता गरी नेपाल सरकार, बीमा समिति र निर्जीवन बीमा कम्पनीहरु लाई साढे ३ अर्व सम्मको दावी रकम व्यर्होने र बाँकी नेपाल सरकार मार्फत भुक्क्तानी गर्ने गरी सचिव स्तरिय निर्णयका गरी यस बीमा लेखले निरन्तरता पाएको थियो । यसरी अघि बढेको कोराना बीमा सवै निर्जिवन बीमा कम्पनीहरुले यस महामारीको बीचमा पनि आफना बीमा व्यवसायलाई निरन्तरता दिदै गर्दा कतिपय कर्मचारीहरु नै कोविडबाट संक्रिमित हुनुपर्ने अवस्था आएको थियो । कोराना बीमाको कारण बीमा कम्पनीका आफना नियमित र महत्वपुर्ण ग्राहकहरुलाई गुमाउनु पर्ने अवस्था रहयो भने अधिकास समय कोराना बीमाकै काममा अधिकांस समय खर्चनु पर्ने अवस्था सृजना भयो भने यता समयमा कोराना दावीको रकम भुक्तmानी नहुदा व्यवसाय नै गुमाउनु पर्ने अवस्था रहयो भने यता बीमीतहरुको बीमा प्रतिको विश्वसनियता समेत उदारिदै जाने अवस्था आउने होकी भन्ने शंका उब्जिएको छ ।

जसले गर्दा बीमा व्यवसायको व्यवसायिक बृद्धिदरमा ह्रास आई समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्न गएको छ । यसर्थ बीमा कम्पनीहरुले पनि नँया बीमा लेख बिक्री गर्नु पूर्व त्यसको राम्रो सग जोखिम विश्लेषण सहित हामी सग जोखिम बहन गर्न सक्ने छमता छ वा छैन, भविष्यमा त्यसको प्रभाव कस्तो रहन्छ र हामी सग त्यो अनुरुपको आवश्यक पूर्वाधार ,जनशतिm र संरचना छ वा छैन यि यावत कुराहरुको विश्लेषण गरी नियामक निकायलाई सुझाव सल्लाह सहि समयमा गरिएको भए आज यस बीमा लेखको बाराम्बार संसोधन, अन्डरराइटिंगमा भएको कमजोरी र भुक्क्तानीमा भएको ढिलाई वास्तवमा यि समस्या पक्कै आउने थिएन्न होला । त्यसकारण बीमा पोलिसी बिक्री गर्नु मात्र ठुलो कुरा होइन बीमीतलाई दिने सेवा सन्तुष्टि सग अन्तरनिर्भर रहने हुनाले आगामी दिनमा सम्पुर्ण बीमा कम्पनीले यस कुरालाई मध्यनजर गरी आफना व्यवसायिक गतिविधीलाई निरन्तरता दिन सके चहि गुणस्तरीय बीमा बजारको विस्तार हुने थियो ।

बीमितले भोगेको अप्ठेरो अवस्था
बीमित चाहे व्यक्तिगत, पारिवारि,संस्थागत जे होस जसले कोराना बीमा गराउनु भयो साथै दावी पनि प्राप्त गर्नु भयो । आज सोही बीमीतले बीमाको महत्व र योगदानको सम्वन्धमा उसको मनमतिष्कमा सकरात्मक छाप परेकै हुनु पर्दछ धेरै बीमीतहरुले आफुले बीमा गरेको कम्पनीमा पुनं नविकरण गर्न सकिन्छ भन्ने प्रश्न दोह¥याउनु भएको छ ।

आज परिवारका सम्पुर्ण सदस्य संक्रिमित हुँदा वास्तवमा एकै परिवारले औषतमा चार देखि पाच लाख सम्म दावी रकम प्राप्त गर्दा कोविडका विरामीलाई सुरुवाती दिनमा राज्य तवरबाट पनि सोही अनुरुपको व्यवस्थापन सगै सम्पुर्ण खर्च नेपाल सरकारले व्यहोरिएको थियो । सोहो बेलाका भाग्यमानी बीमीतहरुले कोविडको महामारीमा आफनो आर्थिक अवस्थामा भएको प्रभावमा पनि कोराना बीमाको भुक्क्तानीले आर्थिक सुरक्षामा भरथेक भएको मान्न सकिन्छ । कोविड संक्रिमितलाई शारिरिक रुपमा भएको पिडा र कसैलाई आर्थिक रुपमा फरक फरक रुपमा भएको क्षति , सामाजिक र भावनात्मक रुपमा गुमेको सम्वन्ध र विश्वासका लागी जसले भुक्क्तानी पाउनु भयो तिनै बीमीतका लागी कमसेकम फलफुल खानका लागी ,औषधी उपचार गर्नका लागी, रोजगारी गुमेको पीडा, व्यवसायमा भएको ह्रास, सामाजिक र भावनात्मक रुपमा टुटेको सम्वन्ध,विश्वासलाई केही हद सम्म भए पनि सामाजिक र आर्थिक रुपमा मलमपटी लगाउने काममा बीमीतहरु लाई राहत पुगेको मान्न सकिन्छ । केही बीमीतहरुले आफनो जिवन बीमा ,घरको बीमा, व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमा समेत दावी प्राप्त गरे पछि बीमा गराउने सोचको विकास आएको पाइन्छ जुन बीमा बजारको विकास र विस्तारको लागी सकरात्मक मान्न सकिन्छ ।

नेपाल सरकारले पनि आफनो बजेटमा कोराना बीमा लाई समावेश गरेकोमा संक्रिमित कर्मचारी जसले दावी रकम प्राप्त गर्नु भयो उँहाहरु समेत भाग्यमानी बीमीतको सुचीमा रहनु भयो भोलीका दिनमा दावी प्राप्त गर्ने कर्मचारीहरुमा बीमा प्रतिको विश्वास जाग्ने छ भने आफनो कार्यालयमा समेत नीतिगत रुपमा बीमाका सम्वन्धमा बीमा कार्यक्रम ,नीति योजना भविष्यमा समेटिने छ र आफू पनि बीमा गर्न उद्धत रहनुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । बीमा गराएर जसले भुक्क्तानी पाउनु भएको छैन तिनै बीमीतहरुमा बीमा प्रतिको धारणा सोचाईमा नकरात्मक कुराहरु सुसुप्त रुपमा जागिरहेको छ । यसकारण पनि बीमामा आम नागरिकको पहुँचमा बृद्धि गर्न सम्र्पुण सरोकारवाला पक्षको सहकार्य र समन्वयकारी भुमीकाको आवश्यकता रहेको छ । त्यसैले बीमीतको नकरात्मक धारण सोचलाई चिर्नको लागी कोरानो बीमाको भुक्क्तानी नै अन्तिम अस्त्र हुन सक्दछ ।

नेपाल सरकारको भूमिका
आम नेपाली नागरिकको अभिभावकको भूमिका नेपाल सरकारमा रहेको हुन्छ । कोराना बीमाको सन्र्दभमा कोराना बीमा मापदण्ड तयार गर्दा जुन धारणा बाट विकसित भएको थियो यसको कार्यान्वयन पनि त्यसै अनुरुप हुनु पर्दछ । बीमा कम्पनीले कोरानाको महामारी बढदै जादा संसोधन र बन्द गर्ने सुझाव सल्लाह दिदा पनि नेपाल सरकारले झनै आफनो बजेट र अनुदानमा थप गर्दै बीमा कम्पनीहरुलाई कोराना बीमा गराउन हौसला सगै आफनो प्रतिवद्धता मार्फत निरन्तरता दिन आग्रह गरिएको थियो ।

नेपाल सरकारले गरिएको यस प्रतिवद्धता प्रति आलोचना गरिएको होइन कि आज कसले यस बीमा सुविधाबाट लाभ प्राप्त गरे भन्दा आज तिनै नेपाली नागरिक हुन । जुन बीमा मार्फत संकलित प्रिमियिम नेपालकै बीमा कम्पनीहरुले प्राप्त गरे र दावी भुक्क्तानी पनि नेपाली नागरिकले नै प्राप्त गरको हुँदा बास्तवमा त्यो रकम नेपालमा कै विभिन्न क्षेत्रमा खर्च परिचालन भएको हुनाले अन्तत नेपालकै अर्थतन्त्रमा टेवा पुगेको हुनाले ।

नेपाल सरकारले यस कुरालाई मध्यनजर गर्दै कोराना बीमाकोे भुक्क्तानी समस्यामा परेको गाठो फुकाउनका लागी सम्झौता अनुरुप कार्यान्वयन गरियोस र बीमीतको बीमा क्षेत्रमा हेर्ने दृष्ट्रिकोणमा सकरात्मक सोच परिर्वतन ल्याउन सम्पुर्ण बीमितहरुको बाकी भुक्क्तानी गर्ने बाटो खुल्ला गरियोस । सरकारबाट गरिएका यस्तै प्रकारका प्रतिवद्दता सगै यसको कार्यान्वयन पक्षलाई सम्झौता गर्नु पूर्व एक पटक कार्यान्वयनको चरणमा आउने समस्यालाई पुर्नविचार गर्ने परिपाटी गरियो भने चहि सम्झौताको प्रभावकारीता सगै आम नागरिकको विश्वसनियता प्राप्ती हुने थियो ।

निष्र्कष तथा सुझावहरु
कोराना बीमाको भुक्क्तानी सम्वन्धमा आजको विभिन्न सञ्चार माध्यामबाट सुन्न र पढ्न पाइने समाचारकोे विषय सुची बन्न पुगेको छ । जुन विषयमा विभिन्न तहका अदालत, देखि अर्थमन्त्रालयको अर्थ समितिमा समेत कोराना बीमाको दावी भुक्क्तानीेको बिषय महत्वपुर्ण बहस बन्न पुगेको छ । नेपाल सरकारले आफनो नीतिमा ३३ प्रतिशत नागरिकमा बीमाको पहुँच पु¥याउने लक्ष्य समेत राखेको हुँदा बाँकी रहेका दावी भुक्क्तानी गरेर बीमा क्षेत्रको तत्कालको यस समस्याले पुर्ण किनाराको बाटो पाउने छ भन्ने अपेक्षा गरिएको छ ।

नियामक निकाय र बीमा कम्पनीहरुले पनि आगामी दिनमा बीमाका अन्तराष्ट्रिय अभ्यास सिदान्त,प्रचलन र नेपालमा कोराना बीमाको अभ्यासले सृजना गरेका कमी कमजोरी बाट आगामी दिनमा राम्रो पाठ सिकाएको र सिक्नुपर्ने छ । कोराना बीमा मापदण्ड तयार हुँदा त्रिपक्षिय सम्झौतामा नेपाल सरकारको तर्फबाट सचिवस्तरको सहभागिता बाट निर्णय गरिदा उदार, भावनात्मक र संवेदनशिल संरक्षकको रुपमा सम्झौता गरिएको हुनाले बीमीतहरुले बीमा गर्दा बुनेका उदाएका कल्पित गरिएका बीमीतका योजना सग जोडिएका अपेक्षा, कोविडको कारण गुमेका पारिवारिक, सामाजिक संस्थागत सम्वन्धहरु,विछिप्त भएका भावनात्मक सम्वन्ध,बेरोजगारी हुँदा टाढिएका सामाजिक सम्बन्ध,थलिएको आर्थिक अवस्था, कोविडले गुमाएको बीमा कम्पनीको व्यवसाय, बीमा कम्पनीमा बढदै गरेको सुरक्षा चुनैती नियामकको बिज्ञतामा उठाईएको प्रश्न,बीमा क्षेत्रमा बीमीतले बनाएको नकरात्मक सोच सगै भर्खर उदाउदै र उठदै गरेको बीमा बजार लाई उकास्नका लागि बर्तमान समयमा सवै सरोकारवाला पक्ष सग सहकार्य, समन्वयकारी र नेतृत्वदायी भूमिका निवार्ह गर्दै कोराना बीमाको भक्क्तानी मा अल्झिएको समस्याको हल गर्न सवैले हात र साथ मिलाई गर्नु पर्ने आवश्यकता रहेको छ ।

(लेखक राष्ट्रिय बीमा कम्पनी लि.विराटनगर शाखाको प्रमुख हुन् । प्रस्तुत लेखमा व्यक्त विचार लेखकको निजि हो, संस्थागत प्रतिनिधित्व गर्दैन ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*