छिमेक लघुवित्तका अध्यक्ष ऋषिराज जोशीको कार्यकाल थप

१६ कार्तिक २०७८, मंगलवार १२:५३

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक ऋषिराज जोशीको कार्यकाल थप गरिएको छ । कम्पनीले सर्वसाधारण शेयधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेको संचालक जोशीको कार्यकाल थप गरेको हो ।

कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २६७ औं बैठकले संचालक जोशीको पदावधि कात्तिक २३ गते समाप्त हुने भएकाले कम्पनीको आगामी २० औं वार्षिक साधारण सभा सम्पन्न नभईन्जेलसम्मका लागि संचालक समितिमा नियुक्त गरेको हो ।

साथै सोही अवधिसम्मका लागि जोशीले जिम्मेवारी वहन गर्दै आएका संचालक समितिको अध्यक्ष पदमा समेत निरन्तरता दिने कम्पनीले जनाएको छ ।

 

One thought on “छिमेक लघुवित्तका अध्यक्ष ऋषिराज जोशीको कार्यकाल थप

  1. Yaman Jung Shahi says:

    good yasko branch hamro gaupalika open garna k process xa sir number xa pauna email ma

Leave a Reply to Yaman Jung Shahi Cancel reply

Your email address will not be published. Required fields are marked *


*