दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

१८ कार्तिक २०७८, बिहीबार १६:१०

जीवन बीमा विश्लेषण

काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने हुँदा तिहारलाई यप पञ्चक समेत भनिन्छ । तिहारलाई फुलै फुलको पर्वका रुपमा पनि लिने गरिन्छ । तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो । पंक्षीको रुपमा काग, पशुको रुपमा घरपालुवा जनावर कुकुर, पशु चौपाया गाईको पूजा गरेर उल्लासपूर्वक मनाइने तिहारमा मुख्य रुपमा दिदी बहिनीहरुले आफ्ना माइती अर्थात दाजु भाइलाई पुजाआजा सहित टीका लगाएर भाइटीका मनाइन्छ । यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य लाभको कामना गरेर टीका लगाइसकेपछि दाजु भाइहरुले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिने चलन छ । यो दिनमा विशेष त दिदीभाइ तथा दाजु बहिनिले एक आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा ख्वाई मनाउने गर्दछन् । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाईन्छ ।

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुखसमृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित हुन्छ ।

हामीले प्रत्येक बर्ष आफनो तिहारमा भाईटिकामा टिका लगाएर विभिन्न उपहारहरु दिइ्र्ररहेका हुन्छौ । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिईरहेको हुन्छौ । हामी यस समयमा बढी खर्च गरिरहेको हुन्छौ । बाहिरबाट तिहारको लागि माला, मसला र अन्य सामानहरुको आयात बढ्दो मात्रामा भइरहेको छ । हामी यस्ता वस्तुहरु बढी खरीद गरिरहेका हुन्छौ । ती वस्तु केबल क्षणिक रमाईलोको लागि मात्र रमझम देखिरहेको हुन्छ ।

यसमा साथै हामी भाईटिकाको समयमा उपहार दिदाँ बढी मात्रामा जिन्सी वा नगदी रुपमा आफना दिदिबहिनीलाई प्रदान गरिरहेका हुन्छौ । तर ती नगदी र जिन्सी उपहारको सट्टामा जीवन बीमा पोलिसी उपहार दिदाँ दाजुभाइ र दिदी बहिनी बीचको सम्बन्ध थप कसिलो र उत्तरदायित्वपूर्ण हुनजान्छ ।

जीवन बीमाले तपाईको दिदी बहिनीहरुका लागि दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि पनि ठूलो मद्धत गर्छ । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नुपर्छ । नेपालमा भने न्युन आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको राष्ट्रिय बीमा कम्पनीका प्रशासक कवि पसाद पाठकको भनाई छ । तिहारमा भाइटीका लगाएर आफ्ना दिदी बहिनीहरुलाई जीवन बीमा पोलिसी उपहार दिँदा दिदी बहिनीसँगको सम्बन्ध थप सुमधुर हुने तथा दक्षिणबापत दिने रकम मात्रैको बीमा गरि दिँदा समेत उनीहरुले भविष्यमा ठूलो राहत हुनेछ । तिहार प्रत्येक वर्ष आउने पर्व भएको आगामी वर्षहरुमा समेत दिदी बहिनीहरुलाई दक्षिणाको साटो बीमा शुल्क भुक्तानी गरिदिँदा समेत फरक पर्दैन । प्रत्येक वर्ष आउने तिहारमा दिइने दक्षिणाबापत आफैले बीमा शुल्क भुक्तानी गर्ने गरी समेत जीवन बीमा पोलिसी उपहार दिन सकिन्छ ।

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १९ जीस्वन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईहरुले आफ्नी दिदी वा बहिनीको बीमा प्रस्ताव गर्न सक्नुहुनेछ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग पक्कै गर्नुपर्नेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले यो सेवा प्रदान गर्छन् । आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्छौ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने बजेट अनुसारको बीमा पोलिसी खरिद गर्न सकिन्छ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?
कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ । त्यसैले तपाईँको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । ५० हजार रुपैयाँ माथि जति बीमाङ्कको पनि बीमा गर्न सकिन्छ ।

सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ हजार रुपैयाँ कम्पनीलाई तिर्नुपर्छ ।

कति रुपैयाँ फिर्ता आउँछ ?
बीमा भनेको जोखिम घटाउनु हो । त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बीमाङ्क बराबरको सबै रकममा सो अवधीमा कम्पनीले आर्जन गरेको बोनस रकम थप गरेर फिर्ता दिन्छ । जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने बीमाङ्क रकम अर्थात पाँच लाख र कम्पनीको नियम अनुसार दिने बोनस रकम थप भई परिपक्व भएपछि भुक्तानी हुनेछ ।

तिहार र जन्म दिनमा पाएको दक्षिणाले बीमा गर्न पुग्ने त्यसको लागि नागरिकमा बीमा सचेतना आवश्यक रहेको संस्थानका प्रमुख प्रशासक पाठकको ठम्याई छ । पाठक भन्छन्– ‘दसैंमा बालबालिका दक्षिणा कति पाउँछन् अभिभावकले त्यसलाई जोगाएर राखिदिनुपर्छ, मिठो खाने र राम्रो लाउने कुरा अभिभावकले पुर्याएकै हुन्छन्, बच्चाहरुलाई यो पैसाले बीमा गर्यो भने भोलि तिनीहरुलाई पढ्न लेख्न हुन्छ भनेर सम्झाउने हो भने उनीहरु सजिलै मान्छन् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*