नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२७ मंसिर २०७८, सोमबार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख १३ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालले १३ हजार १ सय कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिने भित्र कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं उपमहानगर पालिका वडा २८ कमलादीमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

One thought on “नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  1. Shanti Gurung says:

    I’m ready

Leave a Reply to Shanti Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *


*