सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी

रिना खत्री
४ पुष २०७८, आईतवार १९:०६

संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल

सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना पूरा गर्न सकल्प गरेर संघर्षको मैदानमा उत्रने संजिता भक्तराज लगातार १० वर्षसम्म एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् ।

एलआईसी नेपालमा १६ वर्षे यात्रा पुरा गर्दै गर्दा २०५८ सालमा उच्च शिक्षा हासिल गर्नका लागि उनी काठमाडौ छिरेकी संजिता बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय परिचय बनाउन सफल भएकी छिन् । महाकवी लक्ष्मी प्रसाद देवकोटाले आम नेपालीहरुलाई कवितामार्फत दिएको सन्देश ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ भने झै संजिता भक्तराजले एक एक गर्दै सपना देखिन् । एक एक गर्दै लक्ष्य बनाईन र अन्ततः आज अन्तर्राष्ट्रिय रुपमा समेत परिचय बनाउँदै बीमा क्षेत्रमा एउटा नयाँ इतिहास रच्न सफल भएकी छिन् ।

साधारण सपना बोकेर काठमाडौँ आएकी संजिताले विगतका दिनमा आफू यस स्थानसम्म पुग्छु भन्ने नसोचेको बताउँछिन् । तर, उनले सुरुमा बीमा अभिकर्ता बनेर एलआईसी नेपालमा छिरेपछि अभिकर्ताको माथिल्लो तह एजेन्सी म्यानेजर, …. हुँदै एमडिआरटी र लगातार १० वर्षसम्म एमडिआरटी लक्ष्य चुम्न सफल भएर नेपाली बीमा क्षेत्रमा थोरैले मात्रै प्राप्त गरेको एमडिआरटीमा आजिवन सहभागी हुन पाउने स्थायी सदस्य बन्न सफल भएकी छिन् ।

त्यति मात्रै होइन, बीमा अभिकर्ताको क्षेत्रमा बिगत १६ बर्ष देखी निरन्तर लागिरहेकी संजिता भक्त राज मिलियन डलर राउण्ट टेबल (एमडिआरटि) मा रजिष्टर हुने पहिलो नेपाली महिला हुन् ।

बीमा क्षेत्रको संघर्षमय दिनको स्मरण गर्दै भक्तराज भन्छिन्, ‘सुरुमा यो पेशामा निकै कठिन थियो, मानिसहरु बीमा गर्नै मान्दैन थिए’, उनले निकै मेहनत गरेर पहिलो पटक अभिकर्ता बनिसकेपछी स्रमाट श्रेष्ठको बीमा पोलिसी काट्न सफल भएकी थिईन् ।पछाडि फर्केर हेर्दा उनको सङ्घर्षको कथा पनी उत्तिकै मर्मस्पर्शी रहेको छ । पूर्वी नेपालको इलाममा बाल्यकाल बिताएकी संजिता आफ्नो कामप्रति निकै मेहनत र धैर्यताका साथ लागेर नै उद्देश्यमा पुग्न सफल पनि भएको अनुभव सुनाउछिन्।

आमाको गर्भबाट सात महिनाको हुँदा नै जन्मिएकी संजिता हाम्रो समाजमा सात महिनामा जन्मेका बच्चाहरू भाग्यमानी हुन्छन् भन्ने मान्यतालाई पुन:पुष्टि गर्न समेत सफल भईन् । उनलाई सबैले भाग्यमानिको नजरले हेर्ने गर्दथे । हुन त भाग्य छ  भन्दैमा डोकोमा दूध दोहेर त पक्कै पनि अड्दैन । भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने संजिताले बीमा व्यवसायमा हात हालेपछि कहिल्यै पछुतो नलागेको बरु आफू र आफ्नो परिवारको सपना साकार पार्न पाएकोमा गौरवान्वित महसुस हुने बताउँछिन् ।

एलआईसी नेपालमा सिनियर एजेन्सी म्यानेनजरको रुपमा कार्यरत संजिता चेयर म्यान क्लब र एमआरएसटी फाउण्डेसनमा पनि आवद्ध छिन् । ‘विहान उठेदेखि बेलुकासम्म नै पोलिसी बिक्री व्यस्त हुन्छु्, दिनचर्या सधैजसो घरको दैनिकी, बीमा पोलिसी बिक्रि र बीमाबारे बुझाएर नै बित्छ । यसैमा म धेरै नै सन्तुष्ट छु ।’ ‘कमाई हेरेर सोही अनुसार बीमा गर्नुपर्दछ । पहिलो वर्ष जतिपनि पैसा राखेर बीमा गर्न हुनसक्छ । हामीले अध्ययन गरेर यति तिर्न सक्नुहुन्छ भनेर अडिट गरिदिन्छौं,’ भक्त राजले बीमा अभिकर्ताको दैनिकीबारे प्रष्ट पारिन् ।

एलआईसी नेपालमा सिनियर एजेन्सीको रुपमा कार्यरत संचिता भक्त राजको अन्डरमा ३ सय जना भन्दा बीमा अभिकर्ताहरु आबद्ध छन् । जसमध्ये ७ जना एमडिआरटीमै पुगिसकेकी छिन् । ‘बीमा क्षेत्रमा व्यक्तिगत विकास भन्दा सामूहिक विकासले ठूलो अर्थ राख्ने भएकोले म आफू मात्रै अघि बढेको छैन, सिगो टिमलाई अघि बढाएको छु,’ भक्तराजले भनिन् ।

रोजगारीको शिलशिलामा २०५९ सालमा हिमाल हस्पिटल र व्लुक्रस हस्पिटलमा रेडियोग्राफर टेक्निसियन भएर काम गर्न थालिन, संघर्ष र मेहनतमा आस्था राख्ने भएकै कारणले होला आज उनी यो अवस्थामा आईपुगेकी छिन् ।

‘अस्पतालमा रेडियोग्राफर टेक्निसियन भएर काम गरिरहेको थिएँ । एकजना दाईले मलाई बीमा अभिकर्ता पेशामा आउन प्रेरित गर्नुभयो, । उहाँको कारण नै विगत १६ बर्षदेखि नै यो पेशामा सक्रिय रुपमा कार्यरत छु,’ बीमा व्यवसायमा लामो यात्राबारे सुरुवाती दिन सम्झदै भक्तराजले भनिन् ।

‘सुरुमा त मैले अभिकर्ताको लाइसेन्स लिन्न, सबैले दलाल, ब्रोकर भन्छ, होस् बन्दिन भन्ने सोचेर मानिन । बीमा अभिकर्ता बनेपछि आफन्तहरुले जीवन बीमा भनेको के हो ? भनेर सोध्न थाले, मैले बचत हो, बचत गर्दा कल्पना गरिएको जोखिम बराबरको रकम पाइन्छ भन्दै जानी नजानी बीमा शिक्षा दिन थाले,’ बीमा क्षेत्रमा सुरुवाती दिन सम्झदै भक्तराज भन्छिन् ।

‘खासमा हामी बीमा परामर्शदाता हो । हामी कन्सल्टेन्ट हौं, हामी हरेक नागरिकको आम्दानी र खर्च विश्लेषण गरेर बचत गर्ने क्षमता पहिचान गरी बीमा क्षेत्रमा बचतका लागि प्रोत्साहित गर्छौ । हामीलाई कम्पनीले तलव दिएको हुँदैन’ आज संजिता बीमा अभिकर्ता पेशाबारे कैयौं शब्द, गर्वका साथ भन्न सक्ने भएकी छिन् ।

संजिता भक्त राज बीमा क्षेत्रमा देशका उच्च व्यक्तित्वहरु, व्यवसायिक रुपमा सफल व्यक्तित्वहरुको बीमा गरेको संस्मरण गर्दै भन्छिन्, ‘मेरो क्षेत्र हस्पिटल भएकोले मैले धेरै डक्टरहरुको बीमा गरेको छु ।’ अहिले बीमाको दायरा फराकिलो पुगेर धेरै मानिसले ठूलो रकमको बीमा गर्ने अभ्यास भइसकेको बताउँदै उनले भनिन्, ‘मैले अधिकतम पाँच करोड रुपैयाँसम्मको बीमा गरेको छु ।’

शिक्षित बेरोजगारलाई बीमा अभिकर्ता पेशा अंगाल्न आग्रह गर्दै भक्त राज भन्छिन्, ‘अभिकर्ता हुनको लागि एसएलसी पास भएपछि पुग्छ, सानो तालिम लिएपछि बीमा अभिकर्ता बनेर काम गर्न पाइन्छ । यो एउटा सफल र स्वतन्त्र र सेवामूलक पेशा हो, त्यसैले फूट टाईम वा पार्ट टाईम बीमा अभिकर्ता पेशामा आबद्ध हुन सबैलाई आह्वान गर्दछु ।’

बीमा कसको लागि किन ? कसको लागि ? र केका लागि ? भनेर सबैलाई चासो छ । हामीले यस बिषय बीमित समक्ष स्पष्ट रुपमा बुझाउन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो । हामीले यही कुरा प्रष्ट बुझाउन सक्यौ  भने बीमा व्यवसाय विस्तारमा मद्दत पुग्छ, उनी भन्छिन् ।

‘आजको आवश्यकता भन्दा भोलिको आवश्यकता महत्वपुर्ण हुने हुँदा हामी हाम्रा शुभेच्छुकहरुलाई बीमाको सहि परिभाषा बुझाएर ल्याएको बीमाबाट अरु धेरै बीमा दिन सक्छौ, त्यसैले हामी सबै यो कार्य गर्न सक्छौ, मैले चिनेको मान्छे तपाईंले नचिन्न पनि सक्नुहुन्छ, तपाईले चिनेको मान्छे मैले नचिन्न पनि सक्छु, त्यसैले तपाईंले चिनेको मान्छे तपाईंसँग बीमा प्लान लिदा अवश्य खुशी हुने साथै बिश्वशनियता हुने हुँदा यो बजार खुल्ला छ र जो कोहि पनि यो पेशामा आबद्द हुन सक्छन’ उनले भनिन् ।

एकाथरी बीमा अभिकर्ताहरुलाई त्रास छ, कोरोना महामारीका कारण बीमा व्यवसाय नै अप्ठेरोमा पर्ने हो कि भन्ने । तर, संजिता यस्ती भाग्यमानी बीमा परामर्शदाता हुन्, जसले कोरोनाकै समयमा हालसम्मकै धेरै बीमा गर्न सफल भएकी छिन् ।

‘कोरोनाको महामारीले सबै क्षेत्रमा प्रभाव पारेको छ । तर बीमा अभिकर्ताहरुलाई यस्ले केहि सहज वातावरण बनाईदिएको जस्तो लाग्छ, मलाई,’ विश्वभर फैलिएको माहामारीलाई आफूले अवसरको रुपमा लिएको बताउँदै भक्तराजले भनिन् ।

लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय संजिता भन्छिन्, ‘कोरोनाको महामारी पश्चात् धेरैमा बीमाप्रतिको हेराई नै फरक आईसकेको छ । यसले बीमा व्यवसायमा समेत थप सहयोग गरेको छ ।’

बीमा व्यवसायमा रमाउँदै समाज अनि पछाडि परेको समुदायको विकासमा समर्पित संजिता भक्तराज बीमा क्षेत्रमा अझै धरै गर्न बाँकी रहेको बताउँछिन् ।

गरिब, धनी, हुँदा खाने र हुनेखाने हरेक बर्गका जनताको बीचमा पुगेर बीमाबारे सचेतना फैलाउँदै बीमा व्यवसाय गर्दै अघि बढेकी संजिता बीमा अभिकर्ताकै कारण देशको अर्थतन्त्रमा विशाल योगदान पु्र्याउन सफल भएकोमा गर्व गर्दछिन् ।

हुन पनि आज बीमा क्षेत्रमा चार खर्ब ठूलो कोष खडा भइरहेको छ । जुन बीमाअभिकर्ताहरुकै योगदानबाट सम्भव भएकोले यस पेशालाई अझै मर्यादित, जिम्मेवारीपूर्ण र व्यवसायिक बनाउनुपर्ने सुझाव दिन्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*