काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितद्वारा बीमा समितिका कर्मचारीमाथि कुटपीटकाे प्रयास

२६ पुष २०७८, सोमबार १७:०७

काठमाडाैं । काेराेना बीमाकाे दावी भुक्तानी नपाएका दुइ जना पीडितहरूले बीमा समितिका कर्मचारीमाथि आक्रमणकाे प्रयास गरेका छन् ।

बीमा समितिकाे उजुरी शाखामा कार्यरत उप निर्देशक बिराेध भट्टमाथि काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितले बीमक कम्पनीसँग मिलेमताेमा दावी भुक्तानी नदिलाएकाे आराेप लगाउदै कार्यालयभित्रै आक्रमण प्रयास गरेका हुन् । गत असाेजमा काेराेना भई कार्तिक महिनादेखि बीमा दावी भुक्तानीकाे लागि धाइरहेका बिष्ट थरका व्यक्ति र उनीसँगै आएका अर्का व्यक्तिले आक्रमणकाे प्रयास गरेकाे थिए ।

बीमा समितिकाे मुख्य भवन पछाडि पट्टीकाे टहरामा घट्ना भएकाे हाे । कार्यस्थलमै स्याण्ड फाइन उठाएका उनले लगत्तै ढाेकामा रहेकाे स्यानिटाईजर राख्ने फलामकाे स्याण्डले आक्रमणकाे प्रयास गर्दा कर्मचारी भट्टले प्रतिरक्षा गर्दै गेट बाहिरसम्म निकालेकाे प्रत्यक्षदर्शी एक कर्मचारीले बताए । घट्नामा दुवैलाइ कुुनै चाेटपटक लागेकाे छैन । तत्कालै प्रहरी आइ बीमा दावी नपाएकाे बारे लिखित रूपमा उजुरी गर्न सम्झाएर पठाएकाे छ ।

काेराेना बीमाकाे दावी भुक्तानी नपाउँदा एक लाख भन्दा बढि पीडितहरूले लामाे समयदेेखि दावी भुक्तानी पाउन सकेका छैनन् । कोरोना बीमा मापदण्डमा उल्लेख भए बमोजिम तीन अर्ब ५० करोडभन्दा बढि दायित्व सरकारले व्यहोर्ने भन्ने बीमा समितिले जारी गरेको बीमा पोलिसीका कारण कोरोना रोगविरुद्ध बीमा गरेका एक लाख ३० हजार भन्दा बढिले करिब ११ अर्ब रुपैयाँ दावी भुक्तानी पाउन बाँकी छ ।

बीमा कम्पनीहरुले आफ्ना आफन्त र राजनीतिक पहुँचको भरमा कोरोना बीमाको दावी भुक्तानी दिने गरेको भन्दै पीडितहरुले आज बीमा समितिमा पुगेर छानविनको माग गरेका थिए । कुनै लिखित उजुरी नलिई बीमा समितिमा बीमा कम्पनीहरुले भुक्तानीमा रोलक्रम नमिलाएको भन्दै मौखिक उजुरी गर्न पुगेका ति व्यक्ति बीमा समितिमा यसअघि सुरक्षा गार्डको रुपमा काम गरिसकेको समेत खुलेको छ ।

4 thoughts on “काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितद्वारा बीमा समितिका कर्मचारीमाथि कुटपीटकाे प्रयास

  1. धन सिंह ऐरी says:

    सबै भन्दा पहिले त यो महा मारी रोग को बिमा नै गर्नु हुँदैन थियो। बिमा गराइ सके पछि त बिमा दाबी गरे को अबस्था मा बिमा दाबी भुक्तानी त गर्नु पर्यो मै ले पनि पाएको छैन।

  2. किशोर नेपाली says:

    मेरो परिवार मा ४ जनाले पाएको छैनन कम्पनी मा जादा काठमाडौं जानुहोस् भन्ने म नेपालगन्ज को धाउदा धाउदा हुककै भएको छु सरकारले छिटो भन्दा छिटो दिनुपर्ने भुक्तानी गर्नुपर्ने आफ्नो कर त उठाउँछ।तर जनताको समस्या कहिले बुझ्ने सरकार…..?

  3. कृष्ण आचार्य says:

    बिमा प्रतिको विश्वास गुम्न गएमा राज्यलाइ ठुलो नोक्सान हुन जान्छ,, बिमा बाट ज्यादै ठुलो राशि प्राप्त हुने हुदा।।

  4. राजु गिरी says:

    बिमा दाबी नपाउनुमा बिमा समितिमा रहने पधाधिकरिको मिलेमोतोमा भ्रस्टाचार को गन्ध मिसिएको छ!!

Leave a Reply to राजु गिरी Cancel reply

Your email address will not be published. Required fields are marked *


*