नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता

४ माघ २०७८, मंगलवार १६:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो ।

आजको सहमती अनुसार स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घाटाइ ३ लाख ५० हजार बनाउने र त्योभन्दा माथिको स्ल्यावमा घटाउने कम्पनी ब्यवस्थापन र संघर्ष समिती बिच सहमती भएको हो ।

त्यस्तै,  अभिकर्ता संघले राखेका बाँकी मागहरु भने माघ महिनाभित्रै संसोशन गर्ने गरि केहि दिनमा कार्यदल बनाएर कम्पनी सम्क्ष पेश गर्ने बिषयमा आज छलफल भएर सहमतीमा टुंगीएको हो । कार्यदलको मोडालिटी भने तयार हुन बाँकी रहेको संघर्ष समितिका सचिव कपिल आचार्य रहेको बीमापोष्टलाई बताए ।

नेपाल लाइफले गत साउन २४ गते बीमा अभिकर्ताको एजेन्सी स्ल्याव परिवर्तन गरेको थियो । गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति बनाएर नेपाल लाइफमा सुधारको माग सहित आन्दोलन आज सहमतीका बीचमा टुंगीएको हो ।

केन्द्रीय संघर्ष समितिले बीमितको बोनस दर घटाउन नहुने, बीमा अभिकर्ता कर्जा पाउनुपर्ने, बीमितलाई पोलिसी नविकरणमा ब्याज छुट दिनुपर्ने, जिरो कोडको अभिकर्ता अन्त्य गर्नुपर्ने, पुराना लोकप्रिय बीमा पोलिसी पुनः सुचारु गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

आज पेशागत बीमा अभिकर्ता संघ समेतको उपस्थितिमा दुवै पक्षका बीचमा सहमतिमा औपचारिक रुपमा हस्ताक्षर भएको छ । कम्पनीमा बीमा अभिकर्ताहरुको आन्दोलनकै बीचमा सिनियर डेपुटी सिईओको रुपमा प्रविणरमण पराजुली आएपछि बीमा अभिकर्ताहरुको समस्यालाई समाधान गर्न रचनात्मक र सकारात्मक उद्देश्यल वार्ता जारी राखेका थिए ।

3 thoughts on “नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता

  1. Khilraj niraula says:

    Good news

  2. भेष कुमारी राई ( बि.के.) says:

    शुभ समाचार सम्प्रेषण गर्नु भएको सम्बादाता , अभिकर्ता साथीहरु, ब्यबस्थापन समिति सम्पूर्णमा इलनमक्स जस्ता शक्तिशाली ब्यक्तित्वको प्रेरणा मिलोस्, परमात्माको आशिर्वाद सबै पक्षमा परोस् कर्तव्य, उत्तरदायित्व, मानव अस्तित्व ज्ञान, चेतना, श्रद्धा, लगनशील, मेहनत, धैर्य धारण गर्ने भित्री तागत मिलोस्। सबैको सदा सर्वदा जय होस्।

Leave a Reply to Khilraj niraula Cancel reply

Your email address will not be published. Required fields are marked *


*