एचआइडिसिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१७ माघ २०७८, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन १०५ अंकको बृद्धि भएको नेप्से परिसूचक आज अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर किनबेच हुँदा ५अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

एकैदिनमा नेप्सेमा आकाश पातालको परिवर्तन भएको छ । अघिल्लो दिन १०५ अंकले बढेको नेप्से आज १४ अंकले घट्न पुगेको छ । अंकले घटेतापनि कारोबारमा भने त्यति भिन्नता आएको छैन ।

सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एचआइडिसिएलको भएको छ । कम्पनीको आज एकैदिन ५७ करोड १२ लाख ७८ हजार ६३९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपर तामाकोशीको ३१ करोड ८२ लाख, एनटिसिको ३१ करोड १८ लाख, अरुण भ्याली हाइड्रोपावरको १८ करोड २६ लाख र जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*