आइएमई लाइफ इन्स्योरेन्सको नयाँ मस्कट सार्वजनिक

१७ माघ २०७८, सोमबार १६:३३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ मस्कट सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन्।

अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने कम्पनीको लक्ष्य रहेको हुनाले त्यसैअनुरुपको सन्देश दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिडस्वरुपमा लिएर आएको पनि उनले बताए।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा अन्य सर्वसाधारणसँग आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधिका रुपमा संवाद गर्ने कुरासमेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

One thought on “आइएमई लाइफ इन्स्योरेन्सको नयाँ मस्कट सार्वजनिक

  1. Ganga bahadur nepali says:

    Best

Leave a Reply to Ganga bahadur nepali Cancel reply

Your email address will not be published. Required fields are marked *


*