अनलाईनबाट ऋण लिने हो ? यसरी गरौं आवेदन

१ फाल्गुन २०७८, आईतवार १३:२१

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा नयाँ व्यवस्था ल्याएको हो । नयाँ व्यवस्थासँगै अब अनलाईनबाटै ऋण लिन पाइने भएको छ । आफ्नो बैंक खाता भएको बैंकिङ एप तथा बैंकको वेभसाईटबाटै ऋण लिनको लागि आवेदन दिन सकिने छ ।

विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको मार्गदर्जन जारी गर्दै राष्ट्र बैंकले पाँच लाख रुपैयाँसम्म यस्तो कर्जा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

मार्गदर्शन अनुसार सम्बन्धित बैंकमा तलव खाता भएका व्यक्तिले पाँच लाख रुपैयाँ विद्युतीय माध्यमबाटै यस्तो कर्जा सुविधा पाउनेछन् । तलव खाता नभएकाहरुको हकमा भने २ लाख रुपैयाँसम्म प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।

कसरी लिन सकिन्छ अनलाईनबाटै कर्जा ?

१. ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् ।

२. आवेदन प्राप्त भएपश्चात बैंक तथा वित्तीय ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्यांक विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत प्राप्त गर्नुपर्नेछ ।

३. कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनुपर्नेछ ।

४. स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ ।

५. कर्जा सम्बन्धी कागजातहरु विद्युतीय माध्यममा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।

६. कर्जा प्रवाह प्रक्रिया, ग्राहक, बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व, ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरु, कर्जा सम्बन्धी गुनासो सुनवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

 

One thought on “अनलाईनबाट ऋण लिने हो ? यसरी गरौं आवेदन

  1. Shyam Kumar amatya says:

    I want investment of Land purchase at Rs 500000/-lakh with add 0-10-0

Leave a Reply to Shyam Kumar amatya Cancel reply

Your email address will not be published. Required fields are marked *


*