४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
१८ श्रावण २०७९, बुधबार १५:०७

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ ।
आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४ अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, अपि पावरको १५ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख र युनाइटेड इदि मार्दिको ११ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।














