काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबस तामाकोशीमा खस्यो
२७ माघ २०८२, मंगलवार १२:०३

काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको एक यात्रुबाहक बस करीब १०० मिटर तल तामाकोशी नदीमा खसेको छ। उक्त बस रामेछापको मचानेटारबाट नदीमा खसेको हो।
प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको बताइएको छ। बसमा सवार केही यात्रु घाइते अवस्थामा फेला परेकाले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। थप विवरण आउनै बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार थिए भन्ने समेत खुलिसकेको छैन।













