उचारचढावकाबीच ३८ अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा सर्वाधिक ब्यापार समूहको घट्यो
१९ श्रावण २०७९, बिहीबार १५:१६

काठमाडौैं । गत साता सुधारिएको शेयरबजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला दुई दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ ।
नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक घट्न कम्पनीमा प्रतिशतका आधारमा व्यपार समूहको ५.१३ प्रतिशतले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको १६७ रुपैयाँ ८३ पैसाले घट्न पुगेको छ ।













