नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

२२ श्रावण २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन शेयरबजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता घट्न पुगेको नेप्से परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।

नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । शेयरबजारमा आज २ अर्ब ६७ करोडमाथिको कारोबार हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नबिल बैंकले गत आर्थिक वर्षमा राम्रै मुनाफा आर्जन गरेको र नेपाल बंगलादेश बैंकलाई गाभेपछि वितरणयोग्य मुनाफा मात्रै ९ अर्ब छुट्याएकोले लगानीकर्ताहरु नबिल बैंकमा झुम्मिएका हुन् ।

साथै फरवार्ड माइक्रोफाइनान्सको ९ करोड ९२ लाख, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*