शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहको घट्यो

२२ श्रावण २०७९, आईतवार १५:१६

काठमाडौं । गत साता घट्न पुगेको शेयरबजारमा आज सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड माथिको कारोबार भएको छ । नेपाल बैंकर्स संघले भदौंमा बैंकहरुको ब्याजदर नबढाउने निर्णयले पनि आज शेयरबजारमा सामान्य अंकको सुधार देखिएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा समूहको शुन्य दशमलव शुन्य ५ प्रतिशत अर्थात ४.५५ रुपैयाँले घटेको छ भने सबैभन्दा बढी होटल तथा पर्यटन समूहको २.१६ प्रतिशतले बढ्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*