नेपाल फाइनान्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला

२३ श्रावण २०७९, सोमबार ०९:५८

काठमाडौं । नेपाल फाइनान्सले आजदेखि ११ लाख ३४ हजार ७१६।१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६।१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६।२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*