७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

२३ श्रावण २०७९, सोमबार १०:११

नेपाल राष्ट्र बैंकले साउन २४ गते ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ।

राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक २२ गते परिपक्व हुनेछ। यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*